काठमाडौँ, फागुन २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य, मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । राष्ट्रपति सचिवालयका अनुसार सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताउनुभयो । पौडेलले भन्नुभयो, […]
काठमाडौं, फागुन १८ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ । आज मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको हेरफेर गर्नुहुने छ । यसैगरी, बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ […]
काठमाडौँ, फागुन १२ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा. देउवा र स्वीस विदेशमन्त्रीबिच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उहाँहरूबिच द्विपक्षीय हित, आपसी चासोका विषयमा […]
बिजुवार, फागुन १२ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी गर्नुभएको छ । प्युठानमा सोमबार आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार सरकार २०८४ सालसम्म सञ्चालन हुने स्पष्ट पार्नुभयो । “अबको तीन वर्ष सरकार स्थिर रूपमा सञ्चालन गर्छौं । कुनै चकचक गर्दैनौं, उपद्रो गर्दैनौँ । […]
काठमाडौँ, फागुन ९ गते । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकोे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) बारे छलफल गर्न आज बसेको बैठकले मन्त्रालयलको पूँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन निर्देशन दिइएको […]
काठमाडौँ, फागुन ९ गते । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने कार्यक्रम रहेको छ । मन्त्री डा.राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको […]
मार्तडी (बाजुरा), फागुन ८ गते । बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ । आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको पाइएको छ । गत पुस २५ गते नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना निर्माण गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको छ । नेकपा […]
काठमाडौं, फागुन ७ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा भएको बताउनुभएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “फागुन ७ गते नेपाल र नेपालीका […]
काठमाडौं, फागुन ७ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रजातन्त्र दिवस २०८१ को अवसरमा देश विदेशमा रहनुभएका सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रमुख देवकोटाले आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्राणको आहुती गर्ने वीर सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रमुख देवकोटाले सन्देशमा भन्नुभएको छ, “रास्ट्रिय […]
काठमाडौँ,फागुन ७ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताउनुभएको छ । साथै उहाँले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराउनुभएको छ । अध्यक्ष नेपालद्वारा ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज […]