जनकपुरधाम, पुस ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट भारी बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उपस्थित ९२ जना प्रदेशसभा सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै १० वटा राजनीतिक दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् । आजको बैठकमा […]
रुपन्देही, पुस ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही अदालतबाट रिहा हुनुभएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो। आदेशअनुसार उहाँलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो। रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै […]
सुदूरपश्चिमबाट चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, लीलाधर भट्ट, सहदेव बोगटी, गोविन्द गिरी, कमलाकुमारी ओली, भगिरथी सिंह, लीलाकुमारी भण्डारी कर्णालीबाट जितबहादुर मल्ल, डम्बरबहादुर सिंह, दल फडेरा, नवराज राउत, विष्णु रिजाल, रुद्रबहादुर शाही, इन्दिराकुमारी पन्थी, मीनासिंह रखाल, मोहनमाया भण्डारी लुम्बिनीबाट घनश्याम पाण्डे, गोपाल राना, खड्गबहादुर खड्का, भूमिश्वर ढकाल, नारायणप्रसाद आचार्य, लीलामणि गौतम, गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल, […]
काठमाडौँ, पुस ४ गते । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न अध्यादेशमार्फत कानुनी प्रबन्ध गरिन […]
ललितपुर, पुस ३ गते । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा […]
काठमाडौं, पुस ३ गते । सरकारले ‘प्रतिनिधि सभा निवार्चन (पहिलो संशोधन) अध्यादेश २०८२’ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । बिहीवारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकमा पेश भएको अध्यादेशमा दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या […]
ललितपुर, पुस ३ गते । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका पदाधिकारी र प्रभावशाली नेता साबिककै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । कांग्रेसका क्षेत्रीय र जिल्ला कार्यसमितिबाट पार्टी पदाधिकारीलाई प्राथमिकतामा राखेर नयाँ पुस्तालाई पनि समेटेर उम्मेदवार सिफारिस गरिएको हो । सभापति शेरबहादुर देउवा डडेलधुरा, कार्यवाहक सभापति पूर्णबहादुर […]
काठमाडौँ, पुस ३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ । अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत […]
लहान, पुस २ गते । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानको समस्या समाधान नगरे देशको समृद्धि सम्भव नहुने बताउनुभएको छ । गृह जिल्ला सप्तरीबाट फर्किने क्रममा सिरहाको औरही गाउँपालिकामा जेनजी युवाहरुले राखेको किसानसँग कृषिमन्त्री साक्षत्कार तथा सममान कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै यस्तो बताउनुभयो । वर्तमान सरकार जेनजी आन्दोलनबाट बनेको नागरिक सरकारले […]
काठमाडौँ, पुस १ गते। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार बिहान मात्र हुने भएको छ । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान प्रक्रिया बुधबार बिहान ८ बजे सुरु हुने जानकारी दिनुभएको हो । मंगलबार बिहान ९ बजेबाट हुने भनिएको मतदान दिउँसो ४ बजेका लागि सरेको थियो । मतदान प्रक्रिया […]