काठमाडौँ, भदौ १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिनुभयो । सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताउनुभयो ।
काठमाडौँ, भदौ १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, बेपत्ताको खोजी, शव व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा बैठकमा छलफल हुनेछ। उहाँका अनुसार बैठकमा विभिन्न राजनीतिक […]
मकवानपुर, भदौ १४ गते । बागमती प्रदेश सरकारले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण अति प्रभावित जिल्लालाई सहयोग उपलब्ध गराउने भएको छ । तत्काल उद्धार तथा राहत कार्य सञ्चालनका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनलाई सहयोग रकम उपलब्ध गराउने भएको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले तत्काल उद्धार […]
भक्तपुर, भदौ १२ गते । नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । रसुवाको गोसाईकुण्ड जान नसकेका र जान नपाएका भक्तजन रत्नचडेश्वर महोदवपोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने […]
काठमाडौं, भदौ १२ गते । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यहरुको एक महिनाको तलब–पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। यस्तै, बैठकले गत बुधबार नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा […]
काठमाडौँ, भदौ १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्यापिड याक्सन टिम (र्याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय […]
काठमाडौँ, भदौ १० गते । काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको छ । फोरमको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उपत्यकाभित्रको फोहोर व्यवस्थापन तीन वटै तहका सरकारको साझा सरोकारको विषय भएको फोरमले निष्कर्ष […]
काठमाडौँ, भदौ १० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत […]
काठमाडौँ, भदौ ९ गते । संसद्का बैठकमा बोल्ने अधिकांश सांसदहरुको गुनासो एउटै हुन्छ, हामी संसदमा त बोल्छौँ, तर सुनुवाइ हुँदैन । संसदमा जनताका मुद्दा उठान गर्ने, त्यसले सञ्चारमाध्यममा पनि स्थान पाउने तर सम्बन्धित मन्त्रालयसम्म वा सरकारसम्म पुग्दैन भन्ने उहाँहरुको गुनासो हुन्छ । र, यो समस्या आजको होइन, विगतको अभ्यास पनि यस्तै रहँदै आएको छ । […]
दाङ, भदौ ९ गते । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मङ्गलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको थियो। नवनियुक्त मन्त्रीहरूको पद […]