मस्को, जेठ २८ गते । उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा आउने जानकारी रूसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको छ । यसका साथै, प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरू गरिने बताइएको […]
लस एन्जलस (अमेरिका), जेठ २८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार लस एन्जलसमा सक्रिय कर्तव्यमा रहेका अमेरिकी मरिन र थप दुई हजार नेसनल गार्ड सेनालाई आदेश दिनुभएको छ । उहाँले आप्रवासी गिरफ्तारीको विरोध गर्नेहरूलाई पहिलेभन्दा बढी ‘कडा चोट’ लाग्ने धम्की दिनुभएको छ । ट्रम्पको सात सय पूर्णकालीन व्यावसायिक सैन्य कर्मचारी र हजारौँ राष्ट्रिय गार्ड […]
काठमाडौँ, जेठ २८ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १५ पैसा र बिक्रीदर १५६ रुपियाँ ८४ पैसा, युके पाउण्ड […]
काठमाडौँ, जेठ २८ गते । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्याङ्क अनुसार आर्थिक अवस्था देखाउने राजस्व तथा खर्च, व्यापार, शोधनान्तर अवस्थासहित मौद्रिक अवस्था देखाउने कर्जा तथा निक्षेप परिचालन, मुद्रास्फीतिलगायतका सूचकमा उल्लेख्य सुधार पाइएको हो । […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नँया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, […]
धम्बोझी, जेठ २७ गते । डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभाकक्ष निर्माण गर्ने भएको छ ।कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्तावअनुसार गाउँपालिकाले सभाहल निर्माण गरिदिने भएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नेपालगञ्ज वडा नम्बर ४ सञ्चारग्राम (बसपार्क)स्थित महासंघको कार्यालय भवनको प्राविधिकसहित निरीक्षण गर्नुभएको छ । उपाध्यक्ष साहिदा बानो, प्रमुख […]
बिड (भारत), जेठ २७ गते । भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उहाँका पतिले आत्महत्या गरेपछि उहाँको जमिनले ऋण मात्रै उब्जाएको बताउनुभयो । भारतमा किसान आत्महत्याको लामो इतिहास छ । भारतमा धेरैजसो किसान एक बाली फसल नष्ट भएपछि विपत्तिको नजिक पुग्छन् तर जलवायु परिवर्तनले ल्याएको चरम मौसमले […]
वासिङ्टन, जेठ २७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागू भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उहाँको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई […]
टोकियो, जेठ २७ गते । जापानको चालु खाता नाफा चालु वर्षको अप्रिल महिनामा वार्षिक रूपमा ३.२ प्रतिशतले वृद्धि भई २.२६ ट्रिलियन येन (अन्दाजी १५.६ अर्ब अमेरिकी डलर) पुगेको छ । यो वृद्धि मुख्य रूपमा व्यापार घाटामा आएको उल्लेखनीय गिरावटका कारण भएको हो, जापानको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त अवधिमा […]
जेनेभा, जेठ २७ गते । रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले डेढ वर्षभन्दा बढी समयदेखि प्यालेस्टिनीहरू विरुद्ध इजरायली कब्जाले गरेको नरसंहारको एक हिस्साका रूपमा गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा रहेको चेतावनी दिएको छ । एक विज्ञप्ति जारी गर्दै आइसिआरसीले अधिकांश घाइते प्यालेस्टिनीहरू सहायता वितरण केन्द्रमा पुग्ने प्रयास गरिरहेको बताएको छ । आइसिआरसीले विगत […]