प्रधानमन्त्री कार्कीसँग माओवादीका नेताको भेटवार्ता

काठमाडौँ, मङ्सिर ४ गते।  प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार भेटवार्ता भएको छ। पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बिहीबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो। भेटमा समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राख्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो। “विद्रोहको बलमा बनेको यो सरकारलाई […]

त्रिविको ‘क्यामेरा भवन’ : ‘मन्दिरमै आएको अनुभूति’

काठमाडौँ, मङ्सिर ४ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गर्नुभएको छ । मन्त्री खरेलले विभागको बल्खुस्थित  ‘क्यामेरा भवन’ को आज स्थलगत अवलोकन गरी त्यहाँको शैक्षिक, प्राज्ञिक र भौतिक अवस्थाको बारेमा जानकारी लिर्इ समस्या समाधानका लागि भूमिका खेल्ने बताउनु भयो । त्यसक्रममा सञ्चारमन्त्री खरेलले त्रिविको क्यामेरा भवन पुग्दा […]

मङ्सिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीमा त्रुटि सच्याउन सकिने

काठमाडौँ, मङ्सिर ४ गते।  निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा हुने मिति निर्धारण गरी मङ्सिर ५ गतेसम्म […]

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको […]

सुरक्षा परिषद्को बैठक : निर्वाचनमा सेना परिचालन गर्न सिफारिस

काठमाडौँ,  मङ्सिर ४ गते ।  राष्ट्रिय सुरक्षा परिषद्को बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकाे छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न […]

क्यानडा पठाउने भनी छ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, मङ्सिर ४ गते ।  क्यानडा पठाउने भनी छ लाख रुपियाँ ठगी गर्ने २० वर्षीय आसमान विक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनी बेरोजगारी युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाइ सम्पर्कविहिन बनेका थिए […]

गुपचुपमै बुझियो पौने चार लाखको पुरस्कार

टीकापुर, मङ्सिर ४ गते ।  स्थानीय तहको प्रशासन सञ्चालन र बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कैलालीको भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले सबैभन्दा राम्रो काम गरेबापतको पुरस्कार आफैँले लिनुभएको छ । कार्यपालिका बैठकबाट २०८१ फागुन ९ गते कर्मचारी प्रोत्साहन कार्यविधि पारित भएको ठिक दुई महिनापछि अर्थात् गत वैशाख ९ गते नगर कार्यपालिका बैठकबाट उहाँले सो […]

विवादका कारण बसपार्क प्रयोगविहीन

सिँजा (जुम्ला), मङ्सिर ४ गते । जुम्ला बसपार्क सात वर्षदेखि अलपत्र छ । झन्डै एक करोड बजेट खर्चेर भवन निर्माण गरे पनि जग्गा विवादले बसपार्क अलपत्र परेको हो । चन्दननाथ नगरपालिकाले धेरै पटक बसपार्क सञ्चालनका लागि थुप्रै पटक छलफल गरे पनि जग्गाको विवाद यथावत रहँदा बसपार्क सञ्चालन नहुँदै जीर्ण बनेको छ । २०७६ सालमा निर्माण भएको बसपार्कसम्म जाने […]

चिसोले प्रभावित बन्दै बाजुरामा पढाइ

बाजुरा, मङ्सिर ४ गते ।  बाजुरामा चिसो बढेसँगै यहाँका हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बन्दै गएको छ । यहाँको उच्च हिमाली क्षेत्रमा कात्तिक महिनामा नै हिमपात भएसँगै चिसो बढ्दै गएपछि यहाँका आसपासको क्षेत्रका विद्यालयमा चिसोका कारण पढाइ प्रभावित बन्दै गएको हो  । हिउँद सुरु भएसँगै यहाँ चिसो धेरै हुन्छ । त्यो चिसोमा विद्यालयकै पोशाकमा आएर […]

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौँ, मङ्सिर ४  गते । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस  मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल