काठमाडौँ, वैशाख ७ गते । सरकारले अबदेखि कर्मचारीलाई प्रत्येक १५ दिनमा तलबभत्ता भुक्तानी गर्ने भएको छ । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीलाई मासिक रूपमा तलबभत्ता उपलब्ध गराइँदै आएकोमा अब नयाँ व्यवस्था गर्ने अर्थ मन्त्रालयले निर्णय गरेको हो । वैशाख ४ गतेको अर्थमन्त्रीस्तरीय निर्णयबाट १५ दिनमै तलब सुविधा भुक्तानी गर्ने निर्णय भएको हो । अर्थ मन्त्रालयले सरकारी […]
रेसुङ्गा (गुल्मी), वैशाख ७ गते । गुल्मी उद्योग वाणिज्य संघले आगामी वैशाख ११ देखि २३ सम्म सञ्चालन हुने पाँचौँ गुल्मी महोत्सवबाट प्राप्त हुने खुद नाफाको ४० प्रतिशत रेसुङ्गा क्षेत्रको विकासका लागि खर्च गर्ने जनाएको छ । पहिलो गुल्मी महोत्सवबाट रिडी प्रवेशद्वार निर्माणका लागि ४० हजार, रेसुङ्गाका लागि ४० हजार, विचित्र गुफाका लागि ४० हजार, कुर्घा […]
लहान, वैशाख ७ गते । वैशाख ५ गते शनिबार आएको हावाहुरीले लहान नगरपालिका–२१, कलाबञ्जरका मुसहर समुदायका २१ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीले फुसका घरमाथि राखिएका जस्तापाता उडाउँदा उनीहरू बेघर बनेका हुन् । पीडित बस्तीमै पुगेर लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले तत्काल ओत लाग्न त्रिपाल तथा खाद्यान्न राहत वितरण गर्नुभएको छ । आइतबार मुसहर […]
राले, नर्थ क्यारोलिना वैशाख ७ गते । विगतका वर्ष झैँ यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिबार नेपाल दिवस भव्यताका साथ सम्पन्न भएको छ । नर्थ क्यारोलिनास्थित नेपालीको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसिएनसी) ले आयोजना गरेको नेपाल दिवसको यो १० औँ संस्करण हो । नेपाल दिवसमा करिब तीन हजार मानिसको उपस्थिति रहेको […]
तनहुँ, वैशाख ७ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको निरन्तर वृद्धि र खाना पकाउने ग्यासको बढ्दो लागतले गर्दा उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित हुन थालेका छन् । ग्यासको तुलनामा विद्युतीय चुलो (इन्डक्सन र इन्फ्रारेड) सस्तो, सुरक्षित र वातावरणमैत्री पाइएपछि तनहुँमा यसको प्रयोगकर्ताको सङख्या उल्लेख्य रूपमा बढेको छ । व्यास नगरपालिका–३ सफा सडकस्थित जिआर ई. […]
तनहुँ, वैशाख ५ गते । तनहुँमा राहदानी लिनका लागि घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीको घर–घरमै पुगेर राहदानी वितरण सुरु गरेकाले अन्त्य भएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि जिल्ला हुलाक कार्यालयसँगको सहकार्यमा सेवाग्राहीको दैलोमै राहदानी पुर्याउने व्यवस्था मिलाएको छ । नेपाल सरकारले सार्वजनिक गरेको शासकीय […]
काठमाडौँ, वैशाख ५ गते । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आज (शनिबार)देखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिनुभयो । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश […]
फिदिम, वैशाख ५ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा जारी ‘प्रथम अध्यक्ष कप’ आमन्त्रण फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ। सिद्धदेवी माध्यमिक विद्यालय नवमीडाँडाको खेलमैदानमा दिउँसो १ बजे हुने फाइनलमा उपाधिका लागि आयोजक तिजोक युवा क्लब नवमीडाँडा र नवकिरण स्पोर्टिङ क्लब झापा आमनेसामने हुनेछन्। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक तिजोक युवा क्लबले भारतको केएफसी सिलगुढीलाई […]
सिन्धुलीमाढी, वैशाख ५ गते । सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाइ सुरु हुनुअगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक्री केन्द्र (डिपो) मार्फत व्यवसायीले सिन्धुलीका लागि ल्याएका पाठ्यपुस्तक सम्बन्धित विद्यालयले धमाधम उठाईरहेका छन् । कमलमाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङ उक्त विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक लगिसकेको जानकारी दिनुहुन्छ । “विद्यालयलाई […]
काठमाडौँ, वैशाख ५ गते । नेपाली कांग्रेसको आन्तरिक विवादको न्यायिक निरूपण भएको छ । विशेष महाधिवेशन वैधानिक वा अवैधानिक भन्ने विवाद सर्वोच्च अदालतले शुक्रबार किनारा लगाएको छ । सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई नै वैधता प्रदान गरेको छ । विशेष महाविधेशनको निर्णय राजनीतिक दलसम्बन्धी […]