दंगीशरण दरबार उत्खननमा भेटिएका पुरातात्त्विक सामग्री सार्वजनिक

दाङ, वैशाख ८ गते । तुलसीपुर उपमहानगरपालिका–११, सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रमा जारी उत्खननका क्रममा फेला परेका पुरातात्त्विक सामग्री सार्वजनिक गरिएको छ। थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा उत्खननबाट प्राप्त सामग्री सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएका सामग्रीमा लिच्छविकालीन इट्टादेखि थारू समुदायले पूजापाठमा प्रयोग गर्ने माटोका घोडाका आकृति, महिलाले लगाउने चुरा, धनुषका […]

‘काजी’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

काठमाडौँ, वैशाख ८ गते । चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको चलचित्र मायाप्रेममा आधारित छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लक्ष्मण रिजालले निर्देशन गर्नुभएको […]

साङ्गीतिक प्रस्तुति दिँदा सर्जकको नाम अनिवार्य

कास्की, वैशाख ८ गते । कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तिनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाले गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तर्क्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारसँग छलफल […]

खुल्यो पुनः श्रम स्वीकृति

काठमाडौँ, वैशाख ८ गते । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, वैशाख ८ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ७१ पैसा र बिक्रीदर १४९ रुपियाँ ३१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ आठ पैसा र बिक्रीदर १७५ रुपियाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

‘बजेटमा सबैको सामूहिक परीक्षण हुन्छ’

काठमाडौँ, वैशाख ८ गते । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको तयारी तीव्र बनाएको छ । यस क्रममा सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच सोमबार बजेट तयारीसम्बन्धी छलफल भएको छ । सबै विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अर्थ मन्त्रालयमा आमन्त्रित गरी बजेटको तयारी अवस्था, बजेट निर्माणका […]

नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

काठमाडौँ, वैशाख ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा […]

राष्ट्रपति रनिङ शिल्डको उपाधि घोराहीलाई

घोराही, वैशाख ७ गते ।  दाङ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ घोराही उपमहानगरपालिकाले जितेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा बेल्झुण्डी रंगशालामा सम्पन्न प्रतियोगितामा घोराहीले उपाधि जितेको हो । प्रतियोगितामा घोराहीले २८ स्वर्ण, १६ रजत र २६ कांस्यसहित […]

अक्षय त्रितीया पर्व मनाइँदै

महोत्तरी,  वैशाख ७ गते ।   चन्द्रमास गणनाले आज वैशाख शुक्ल तृतीया तिथि । यस दिन मधेसका महोत्तरीसहित अन्य जिल्लामा अक्षय तृतीया पर्व मनाइँदै छ । हिन्दू परम्परामा यस दिन बाटो कुरेर नै बटुवालाई जौ र चनाको सातु एवं सक्खरको सर्वत खुवाउने गरिन्छ । पर्वका अवसरमा जौ र चनाको सातु एवं चिसो सर्वत दान गरेर […]

पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

पाँचथर, वैशाख  ७ गते । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ । विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ