alliance khabar

शनिबार, बैशाख ०५, २०८३

सिन्धुलीमाढी, वैशाख ५ गते ।

सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाइ सुरु हुनुअगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक्री केन्द्र (डिपो) मार्फत व्यवसायीले सिन्धुलीका लागि ल्याएका पाठ्यपुस्तक सम्बन्धित विद्यालयले धमाधम उठाईरहेका छन् । कमलमाई नगरपालिका–१३ स्थित प्रभात मावि रानीबासका प्रधानाध्यापक अरुणकुमार थिङ उक्त विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक लगिसकेको जानकारी दिनुहुन्छ ।

“विद्यालयलाई आवश्यक पर्ने जति पाठ्यपुस्तक ल्याएर थन्क्याइसकेका छौँ,” उहाँले भन्नुभयो, “वैशाख १५ गतेबाट विद्यालय भर्ना अभियान सुरु गर्छौं । भर्ना अभियानमा विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराई वैशाख २१ गतेदेखि विद्यालयमा पढाइ सुरु गर्ने तयारी गरेका छौँ ।”

त्यस्तै कमलामाई नगरपालिका–४ स्थित कमला मावि ढुङ्ग्रेबासमा पनि धमाधम विद्यार्थीलाई पाठ्यपुस्तक वितरण कार्य भइरहेको छ । विद्यालयका प्रधानाध्यापक कमलेश चौधरी पाठ्यपुस्तक विद्यालयमा ल्याई सम्पर्कमा आएका विद्यार्थीलाई वितरण भइरहेको बताउनुहुन्छ । विगतमा शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीको हातमा पाठ्यपुस्तक नहुने समस्या यो पटक टरेको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लामा कुल ५३४ वटा सामुदायिक विद्यालय रहेका छन् । सरकारले देशभर नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि गर्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल