अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित

पोखरा,  कात्तिक २३ गते । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला […]

एटिएम तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

लेखनाथ, कात्तिक २२ गते । पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा ८, सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको हो । ठाकुर नयाँबजारस्थित […]

२७ विद्यालयलाई बस खरिदमा अनुदान

हेटौँडा, कात्तिक २२ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिबीच बुधबार हेटौँडामा आयोजित कार्यक्रममा विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो । निर्देशनालयका […]

रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ आज

काठमाडौँ, कात्तिक २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले […]

सीपीसी नेता वाङ र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता

काठमाडौँ, कात्तिक २३ गते । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो । भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ ।

हिमालपारिको गाउँ लिमीमा आँखा शिविर

हुम्ला, कात्तिक २३ गते । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नु भएको हो । लिमी […]

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सर्लाही, कात्तिक २२ गते । सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका मालिक समेत रहनुभएका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शङ्कर पटेलको […]

पश्चिम नेपालमा बारम्बार भूकम्प

सुर्खेत, कात्तिक २२ गते । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटको भेरी र नलगाड नगरपालिका एवं बारेकोट गाउँपालिका बढी प्रभावित भएको छ । रुकुमपश्चिमको आठबिसकोट र सानीभेरी गाउँपालिकामा समेत जनधनको क्षति भएको छ । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७९ कात्तिकमा डोटी केन्द्रबिन्दु भएर ६.६ रेक्टर […]

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

चितवन, कात्तिक २२  गते । फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय रुपियाँ तोकेको छ । सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले निर्धारण गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए-नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको […]

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

भजनी (कैलाली), कात्तिक २२ गते । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका वडा नं ५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल