alliance khabar

बुधबार, पुष १८, २०८०

मुग्लिन (चितवन), १८ पुसः जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन् । उनीहरुले कम्तीमा दैनिक ज्याला तीन हजार हुनुपर्ने माग गरेका हुन् । चितवनको इच्छाकामना–३ फिस्लिङमा सम्पन्न हिमालयन रिभरगाइड एसोसिएसन (हर्गान)को १५औँ साधारणसभाले कम्तीमा रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्र्ने निर्णय समेत गरेको छ । हर्गानका उपाध्यक्ष डोलबहादुर गुरुङले अनुसार जलयात्रा मजदुरले हाल दैनिक ज्याला रु दुई हजार पाँच सय पाउँदै आएका छन् । साथै साधारणसभाले धेरै दिनको यात्रामा जान परेमा रिभरगाइडको दैनिक ज्याला रु चार हजार हुनुपर्ने माग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

काममा लामो समय खटिनुपर्ने भएकाले हाल पाइरहेको दैनिक पारिश्रमिक कम भएको उनीहरुको भनाइ छ । लामो समयदेखि रिभरगाइडको काम गर्दै आउनुभएका चितवनका मिलन गुरुङले बिहानदेखि राति अबेरसम्म खटिनुपर्ने भएकाले हाल जलयात्रा पर्यटन व्यवसायीहरुले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा वृद्धि गर्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो ।

उहाँले भन्नुयो, “पर्यटकलाई बिहानदेखि बेलुका अबेरसम्म समय दिनुपर्ने हुन्छ, दिनभर जलयात्रा (राफ्टिङ गराएर होटलसम्म पु¥याउनुपर्ने हुन्छ, सधैँ काम हँुदैन ‘सिजन’मा मात्र हुने कमाईले दैनिक गुजारा चलाउनसमेत कठिन हुन्छ ।”

त्रिशूली नदीमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रो पावर निर्माण रोक्न पनि रिभरगाइडले माग गरेका छन् । सो स्थानमा बन्ने हाइड्रो पावरले त्रिशूली नदीको जलयात्रामा आश्रित स्थानीय ७० जनाभन्दा बढीको रोजगारी नै गुम्ने रिभरगाइड गुरुङको भनाइ छ । साथै सो आयोजनाका कारण एक सय ५० भन्दा रिभरगाइडको रोजगारीमा असर पुग्ने उहाँको भनाइ छ । जलयात्राका लागि विश्वमै उत्कृष्ट मानिने त्रिशूली नदीको सौन्दर्यता बिग्रनाका साथै जलयात्रा व्यवसायी र त्यसमा आश्रित मजदुरको रोजीरोटी खोसिने हर्गानको ठहर छ । त्रिशूली नदी बचाउनका लागि सम्बन्धित निकायमा खबरदारी गर्नेलगायत सङ्घर्षका कार्यक्रमहरु गर्ने जनाएको छ । यसअघि पनि जलयात्रा मजदुर र व्यवसायीले विरोधस्वरुप राजमार्गमा पदयात्रा गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल