खजुरा, जेठ २२ गते : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमार्फत सञ्चालन हुँदै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा अब अध्ययन नगराउने भएको छ । कलेजले अस्पताल मात्र सञ्चालन गर्ने जनाएको हो । स्थापनाकालदेखि हालसम्म नेपालगन्जमा चिकित्सक अध्ययन र अस्पतालका रूपमा सञ्चालन हुँदै आएको उक्त मेडिकल कलेजमा अब भने चिकित्सक अध्ययन नहुने भएको हो । […]
चरीकोट जेठ २१ गते : जिल्लाको तामाकोसी गाउँपालिकामा स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि आयोजना गरिएको शिविरमा १७२ जना महिला लाभान्वित भएका छन् । महिलामा स्तन र पाठेघरसम्बन्धी समस्याहरू बढ्दै गएको अवस्थामा गाउँपालिकाले क्यान्सरको पहिचानका लागि शिविरको आयोजना […]
प्युठान, जेठ २१ गते : तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभी को लाइन दाङको अर्जुनखोलाबाट उत्तर तर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएरपछि विद्युत सेवा अवरुद्ध भएको हो […]
तनहुँ, जेठ २१ गते : लागूऔषधसहित प्रहरीले तनहुँका दुई युवकलाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ । पृथ्वी राजमार्गका मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेका सवारीसाधन चेकजाँच गर्ने क्रममा भानु नगरपालिकाको वडा नम्बर १ बस्ने वर्ष २२ को दिपेश परियार र वडा नम्बर ६ बस्ने वर्ष २४ […]
काठमाडौँ, जेठ २१ गते : सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८०” पेश गर्नुहुने कार्यक्रम रहेको छ । त्यस्तै, आव २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ […]
काठमाडौँ, जेठ २१ गते : कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर लामा (सिबी लामा तामाङ) विरुद्ध एक अर्ब ५१ करोड रुपियाँ बचत रकम अपचलन गरेको अभियोगमा जाहेरी परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पूर्वअध्यक्ष लामा पक्राउ पर्नुअघि ८५२ र पक्राउ परेपछि थप एक सय जनाको […]
काठमाडौँ, जेठ २० गते : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार द्रुतगतिमा काम अघि बढाएका हुन् । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाएका […]
खजुरा, जेठ २० गते : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का सहित तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको छ । सहित तथा द्वन्द्वपीडित कार्यक्रमअन्तर्गत शान्ति सद्भाव तथा मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको ६ नम्बर वडाका अध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । तत्कालीन द्वन्द्वकालमा वडा भित्र रहेका बेपत्ता, घाइते तथा सहिद गरी ३५ […]
काठमाडौँ, जेठ २० गते : काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ । “धावनमार्गमा गुडिसकेको विमान नेल पलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भन्नुभयो, “नेल पलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।” यात्रीलाई यात्री ओसार्न प्रयोग […]
वीरगञ्ज, जेठ २० गते : नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गरिरहेको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई विद्युत् आपूर्ति दिन चालू रहेका प्रसारण लाइन तथा […]