सुरक्षार्थ खटेका प्रहरीद्वारा आफैँलाई गोली हानी आत्महत्या

काठमाडौं, असार ५ गते : संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवानले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरेको बताउनुभयो । घटना करिब बिहान ९ बजेतिर भएको उहाँले जनाउनुभयाे । घटनाको थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

विपन्नलाई पढाउन पाल्पाका तीन विद्यालयमा अक्षयकोष स्थापना

रामपुर (पाल्पा), असार  ५  गते :  विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्यार्थीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न  अक्षयकोष खडा […]

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ, असार ५ गते : राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किनुभएको छ । उहाँ बुधवार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आइपुग्नुभएको हो । राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर […]

प्रदेश सरकारको करमा परिमार्जन

हेटौँडा, असार ४ गते  : बागमती प्रदेश सरकारलाई आफैँले निर्धारण गरेको कर, शुल्क सङ्कलनमा समस्या हुँदै आएको छ । लक्ष्य अनुसारको कर, राजस्व आय सङ्कलन नहुँदा आन्तरिक आम्दानीको स्रोत खुम्चँदै गएको छ । कर, राजस्व सङ्कलन वृद्धि र व्यवस्थित गर्न बागमती प्रदेश सरकारले विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेश सभामा प्रस्तुत गरी करमा सहुलियत र […]

स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा सहकार्य : ‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह

काठमाडौँ, असार  ४ गते :  सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने रु यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् । विशेषतः स्थानीय सरकार अर्थात् जनप्रतिनिधि ‘छिटो र द्रुतगतिमा सेवा दिनुपर्छ, नियम–कानुन मिल्दै जान्छ’, भन्ने तर्क राख्दछन् र स्थानीय प्रशासन ‘ऐन कानुनको परिधिमा रहेरमात्र सेवा दिनुपर्छ’, भन्ने मान्यता लिन्छन् । सङ्घीयताको मर्म […]

ज्यान जोखिममा राखेर तुइनबाट वारपार

हुम्ला, असार ४ गते  : कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न  बाध्यता छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् । खार्पुनाथ गाउँपालिका वडा नम्बर […]

मनसुन देशभर फैलन साता दिन लाग्ने

काठमाडौँ, असार ४ गते : नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी […]

प्राथमिकतामा कृषि,उद्योग, पर्यटन र स्वास्थ्य

बुटवल, असार ३ गते : लुम्बिनी प्रदेश सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेटले कृषि, उद्योग, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । त्यसै गरी बजेटले पूर्वाधार क्षेत्रको विकासका साथै तालिम, सिप विकास, आर्थिक सामाजिक सशक्तीकरण, विपन्न वर्ग क्षेत्रको विकासमा प्राथमिकता दिएको छ । बजेटले अधिकांश पुराना र साना आयोजना पूरा गर्न प्राथमिकता दिएको छ । लुम्बिनी  […]

सवारीसाधन किन्न विद्यालयलाई अनुदान

रुपन्देही, असार ३ गते : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरभित्रका सामुदायिक विद्यालयलाई पालिकाले सवारीसाधन सञ्चालनका लागि अनुदानको व्यवस्था गरेको छ । नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई सवारीसाधन खरिद गर्न ५० प्रतिशत अनुदान रकम उपलब्ध गराएको हो । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समुदायमा शिक्षाको पहुँच बढाउन यस्तो अनुदानको कार्यक्रम लागु गरिएको जानकारी दिनुभयो । २०७४ सालदेखि यस्तो अनुदानको कार्यक्रम सुरु […]

चीनसँगको सीमा स्तम्भ उच्च जोखिममा

हुम्ला, असार ३ गते : नेपाल र चीनको सिमाना हिल्सा क्षेत्रको किटमा रहेको सीमा स्तम्भ नम्बर ७ (१) पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । सीमा स्तम्भ निर्माण गरिएको स्थान भिरालो , पहिलो जाने र सो क्षेत्रमा रहेको चट्टानमा सीमा स्तम्भ लेखिएको कारण पहिरोका उच्च जोखिम परेको हो । केही समय अगाडी अनुगमनमा जानु भएका प्रहरी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल