स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

बैतडी, २१ भदौ : बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित […]

‘क्यान्सरका बिरामीले पालो कुर्न नपर्ने बनाउँछौँ’

चितवन, २१ भदौ : विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताउनुभयो । रेडियो थेरापी (सेकाइ) गराउनुपर्दा पाँच महिनासम्म पालो कुर्नु परेको गुनासा […]

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ, २१ भदौ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताउनुभएको छ । खेमराज गुरुङ ट्रष्टले उहाँको सातौँ वार्षिक पूण्यतिथिको अवसरमा बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उहाँले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताउनुभएको […]

निमोनियाबाट वडाध्यक्ष रिजालको निधन

काठमाडौँ, २१ भदौ : काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको निमोनियाका कारण निधन भएको हो । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे […]

खाली जग्गा सदुपयोग गरी कागती खेती

मलेखु (धादिङ), २० भदौ :   धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थाल्नुभएको हो । लम्साल भन्नुहुन्छ, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उहाँको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं […]

सकियो चार सय वर्ष पुरानो भदौरे सिस्नो खोस्ने पर्व

गण्डकी, २० भदौ : भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलबार बिदाइ गरे । दुई वर्षको अन्तरमा मनाइने भदौरे पर्व खासमा के हो त ? झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भन्नुभयो, […]

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

वालिङ (स्याङ्जा), २० भदौ :   स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलायसिस सेन्टर, प्रसूतिगृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले […]

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

चितवन, २० भदौ : पुर्खाैँदेखि खोला र वनजङ्गलको भरमा जीविकोपार्जन गर्दै आएका बोटे समुदाय अहिले यसको विकल्पको खोजीमा लागेका छन् । चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेका बोटे समुदायका एक सय आठ परिवार अहिले खोला र वनजङ्गलको विकल्पको खोजीमा जुटेका हुन् । खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक […]

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

पाटन (ललितपुर), २० भदौ :  ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी […]

गत वर्ष पाथीभरा मन्दिरमा तीन करोड १९ लाख भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ), १९ भदौ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९÷८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल