alliance khabar

शनिबार, भाद्र ०१, २०८१

जनकपुरधाम,भदौ,१ गते ।

मधेश प्रदेशका मन्त्रीहरूले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सरकारका मन्त्रीहरू र मुख्यमन्त्रीबिचमा दुईपक्षीय सम्झौता भएको हो । कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रदेश सरकारले जनतालाई प्रवाह गर्ने सेवालाई सहज, सरल र प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारद्वारा नीति र कार्यक्रममार्फत प्रतिबद्धता जनाएका कार्य सामयिक र व्यवस्थित कार्यान्वयन गरी नतिजामूलक कार्यसम्पादन गरेर यहाँको जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मन्त्रीहरूलाई आफ्नो मन्त्रालयका कार्यसम्पादन सूचकहरू पहिचान गरी प्रयोग गर्न र मुख्य नतिजा क्षेत्रहरू निर्धारण गरी मापनयोग्य कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । उहाँले यस्तो करारले मन्त्रीहरूलाई जिम्मेवार र जवाफदेही बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका श्रम तथा यातायातमन्त्रीबाहेक सबै मन्त्रीले कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । श्रम तथा यातायातमन्त्री एक कार्यक्रममा सहभागी हुन जनकपुरधामभन्दा बाहिर रहेकाले उहाँ फर्केपछि कार्यसम्पादन करार सम्झौता गर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल