काठमाडौँ, असार १० गते । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका संस्थापक शान्ति मिश्रको सम्मानमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा प्रदान गरिएको छ । हुलाकसेवा विभागद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले केन्द्रीय पुस्तकालयका संस्थापक मिश्रको नामको प्रकाशित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको हो । सचिव बस्नेतले केन्द्रीय पुस्तकालयका पुस्तक पढेर […]
काठमाडौँ, असार १० गते । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ । न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । समारोहमा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी […]
काठमाडौँ, असार १० गत । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश, […]
नारायणगढ, असार ९ गते । भरतपुर महानगरपालिकाले पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उच्च प्राथमिकता दिँदै आर्थिक वर्ष २०८३/८४ का लागि पाँच अर्ब ५१ करोड ७० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । महानगर सभाको १९ औँ अधिवेशनमा सोमबार कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले सो बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट चालु आव २०८२/८३ को बजेटभन्दा २० […]
चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मङ्गलबार बन्दसत्रको कार्यक्रम हुँदै छ । सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि मङ्गलबारसम्मका लागि स्थगित गरिएको हो । पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचयपत्र छपाइको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र […]
बागलुङ (गलकोट), असार ९ गते । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८८ लाख रुपियाँको बजेट तथा वार्षिक नीति–कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख हरिहर शर्माले बजेट प्रस्तुत गर्नुभएको थियो भने नगरप्रमुख नरबहादुर पुनले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो। नगरपालिकाले आगामी वर्षको बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा […]
काठमाडौँ, असार ८ गते । नेपालमा विभिन्न कार्यक्रम गर्दै १२ औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले स्वस्थ, अनुशासित र सन्तुलित जीवनका लागि योगाभ्यासलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने बताउनुभयो । उहाँले आधुनिक जीवनशैली, असन्तुलित आहारविहार र बढ्दो मानसिक तनावका कारण मानव स्वास्थ्यमा […]
काठमाडौँ, असार ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डिडिसी) का उत्पादनको बजारीकरण गरिएको छ । चितवनमा सुरु भएको महाधिवेशन स्थलमा डिडिसीका उत्पादन बिक्रीका लागि राखिएको हो । सरकारले डिडिसीका उत्पादन प्रवर्धन गरिरहेका बेला संस्थानको हेटौँडा दुग्ध विकास आयोजनाले महाधिवेशन स्थलमा उत्पादन बिक्रीमा राखेको हो । आयोजनाका प्रमुख राजीव […]
न्युयोर्क, असार ८ गते । उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र अस्ट्रियाले एकअर्कासँग सोमबार खेल्दा दुवैको नजर नकआउट चरणमा हुने छ । यी दुवैले आआफ्नो पहिलो खेल सहजै जितेका थिए । लियोनेल मेसीको प्रेरणादायी ह्याट्रिकको सहयोगमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० र अस्ट्रियाले जोर्डनलाई ३–१ ले हराएको थियो । मेसी अहिले विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा मिरोस्लाभ क्लोजसँगै […]
काठमाडौँ, असार ८ गते । नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसद्मा अझै सशक्त बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम र कमजोरीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो । महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसद्मा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो । उहाँले संसद्मा […]