काठमाडौँ, चैत ८ गते । नेपाल स्वयंसेवी रक्तदाता समाजको डोल्पा जिल्ला शाखा गठन गरिएको छ । शनिबार दुनैमा आयोजित भेलाले सामाजिक अभियन्ता तथा स्वास्थ्यकर्मी राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक र कोषाध्यक्षमा मिनराज बुढा (विवस) चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुमन […]
तनहुँ, चैत ८ गते । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य नीतिगत समस्याले गर्दा प्रभावित भएको छ । वन मन्त्रालयसँग देखिएको कानुनी र प्रक्रियागत अड्चनले गर्दा विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि विसं. २०७७ असोजदेखि काम सुरु भएको […]
काठमाडौँ, चैत ८ गते । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ । साथै कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र […]
काठमाडौँ, चैत ७ गते । देशभरका इस्लाम धर्मावलम्बीले शनिबार ईद–उल–फित्र (इद) पर्व मनाइरहेका छन् । यो पर्व व्रत पूरा भएपछि अर्को दिन मनाइन्छ । सरकारले पर्वको अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ । शनिबार बिहानै काठमाडौँको घण्टाघर नजिकका मस्जिद र अन्य मस्जिदमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गर्दै पर्व मनाएका छन् । इद–उल–फित्रमा ‘सेवई’ […]
बनेपा, चैत ७ गते । शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार वर्षापछि रोसी खोलामा पानीको बहाव बढ्दा राजमार्ग अवरुद्ध भएको हो । प्रहरी नायब उपरीक्षक रविन बिष्टले शनिबार बिहान करिब ३ः३० बजेदेखि सडक अवरुद्ध भएको जानकारी दिनुभयो […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ भने अन्न प्राप्तिको पनि योग छ । केही खर्च भएपनि दान पुण्य र भेटघाटमा खर्च हुँदा मनमा सन्तोष हुनेछ । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ । साथीहरूसँग मनोरञ्जनका अवसर पनि मिल्नेछ । वृष (इ, उ, […]
काठमाडौँ, चैत ६ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ […]
काठमाडौँ, चैत ६ गते । मोरङका दुईवटा स्थानीय तहमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि यसलाई अन्यत्र फैलिन नदिन पशु सेवा विभागले दक्ष प्राविधिक टोली परिचालन गरेको जनाएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुरामा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले […]
काठमाडौँ, चैत ७ गते । नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा २७ बुँदे निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । चुनावपछि पहिलो पटक शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति शर्माले निर्वाचन समीक्षामा केन्द्रित भएर प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । शुक्रबार बसेको बैठक उपसभापति शर्माले प्रतिवेदन पेश गरेपछि सकिएको छ । अर्को बैठक […]
काठमाडौँ, चैत ६ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार पनि मेघगर्जन चट्याङ्ग र असिनासहित हावाहुरी हुने पूर्वानुमान गरेको छ । महाशाखाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको हो । तीन दिनको बुलेटिन अनुसार अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश […]