विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली

काठमाडौँ २७ साउन नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ । आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि र्‍याली आयोजना गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको […]

पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती

काठमाडौँ, २७ साउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताउनुभएको छ । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिनुभयो । सरकारले पर्यटनको विकास गरी सर्वसाधरण जनताको आर्थिक हित […]

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : अध्यक्ष डा भट्टराई

सुर्खेत, २७ साउन नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताउनुभएको छ । पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुग्नुभएका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताउनुभयो । चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण […]

युवाले नै नेपालको रुपान्तरण गर्ने हो : अर्थमन्त्री डा प्रकाशशरण महत

ललितपुर-२७ साउन, अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास र रुपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । “युवाले नै नेपालको रुपान्तरण गर्ने हो । विदेशमा सबै कुरा हुन्छ भन्ने सोचेर […]

श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग

काठमाडौँ, २७ साउन नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गर्नुभएको छ । भक्तपुरमा जारी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को दशौँ प्रतिनिधि परिषद्को उद्घाटनका क्रममा महासचिव पोखरेलले यही साउन १ गतेदेखि नै लागू भइसक्नुपर्ने न्यूनतम् ज्याला साउनको अन्तिम सातासम्म पनि सरकारबाट […]

युबा दिवसको अवसर पारेर ट्रेड युनियन कांग्रेसले गर्‍यो सडक बहस

साउन २७ , काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेस युवा समितिले विश्व युवा दिवस ( अगष्ट १२ ) को अवसरमा शनिबार प्रभातफेरी तथा सडक बहस कार्यक्रम सम्पन्न गरेका छन् । रातिदेखि नै भइरहेको झमझम वर्षातलाई समेत बेवास्ता गरि एकाबिहानै ट्रेड युनियन कांग्रेस सम्बद्ध सदस्यहरु माइतीघर मण्डला पुगेका थिए । यसवर्षको युवा दिवसको नारा ” दिगो […]

सेन्टर फर इन्फर्मल इकोनोमी ले प्रतिवेदन सार्वजनिक गर्यो।

काठमाडौँ – सेन्टर फर इनफर्मल इकाेनाेमी नामक गैरसरकारी संस्थाले लामो समय लगाएर अनौपचारिक रुपमा व्यापार व्यवसाय गर्दै आएका सडक व्यापारीहरूको प्रतिवेदन सार्वजनिक गरेको थियो। काठमाडौँ महानगरपालिकाको दोस्रो स्थानीय तहको निर्वाचन पश्चात नवनिर्वाचित मेयर बालेन्द्र शाहले सडक पेटीका व्यापारीलाई सडकपेटीमा व्यापार गर्न बन्देजलगायका थिए । न्यून आर्थिक अवस्था भएका परिवारका सदस्यले बिहान र बेलुकाको समयमा सडक […]

तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, २७ साउन : मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको […]

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

म्याग्दी, २७ साउन : म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने […]

महिलाको नाममा जग्गा पास गर्ने बढे

तनहुँ, २७ साउन : गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ । गत आवमा जग्गा रजिष्टे«सन पास वापत रु २४ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल