रक्तस्रावका कारण सुत्केरीको मृत्यु

अछाम, असोज १८ गते : उच्च रक्तस्रावका कारण ढकारीका एक सुत्केरी महिलाको बिहीबार मृत्यु भएको छ । ढकारी गाउँपालिका –६ ढुङ्गाचाल्नाकी २९ वर्षीया सरितादेवी जैसीको मृत्यु भएको हो । बच्चा जन्मिएर साल ननिस्केकाले रक्तस्राव भएपछि ढिलो गरेर अस्पताल पुग्दा सुत्केरीको ज्यान गएको बताइएको छ । बुधबार राति सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य चौकी जाँदैगर्दा सरिताले राति […]

बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ, असोज १८  गते : नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गर्नुभएको छ। समारोहमा ऊर्जा, जलस्रोत तथा […]

माछीखोला-धार्चे सडक सञ्चालनमा

सुलीकोट, असोज १८ गते : गोरखामा अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक खण्ड झण्डै ३ महिनापछि सञ्चालनमा आएको छ । गत असार पहिलो हप्तादेखि परेको अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक अवरुद्ध भएको ३ महिनापछि धार्चे–माछीखोला सडक शुक्रबारदेखि सडक सञ्चालनमा आएको हो । उत्तरी गोरखाको माछीखोला–धार्चे सडक अन्र्तगत अविरल वर्षाका कारण विभिन्न ठाउँमा भौगोलिक विकटताका कारण सय मिटर […]

परराष्ट्रमन्त्री डा‍. राणा आज स्वदेश फर्कंनुहुँदै

काठमाडौँ, असोज १८ गते : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहनुभएको छ । सो सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको हो । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली […]

राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेट

काठमाडौं, असाेज १८ गते : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गर्नुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराउनुभएको हाे । अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ […]

मालपोतका हाकिमले किस्तामा घुस लिएको गुनासो

बैतडी, असोज १७ गते । जिल्ला मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुखले एउटै सेवाग्राहीबाट पटक–पटक घुस लिएको पाइएको छ । छुट जग्गा दर्ताका लागि आवेदन दिएका एक जना सेवाग्राहीबाट पाँच पटक गरी ५१ हजार दुईसय रुपियाँ घुस लिएको प्रमाण भेटिएको छ । कार्यालय प्रमुख अशोक सार्कीले बुधबार आफ्नै कार्यकक्षमा सेवाग्राही पाटन नगरपालिका–८, का नरबहादुर विष्ट र […]

जलेर दिदीभाइ घाइते

फिदिम,असोज १७ गते : पेट्रोलबाट शरीरमा आगो सल्किदा २ जना बालबालिका घाइते भएका छन् । घाइते हुनेमा फिदिम –४ का ११ वर्षीय बादल र १३ वर्षीय सोनिया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पॉचथरका सूचना अधिकारी बेनिलाल साहले जानकारी दिनुभयो । उहॉका अनुसार घाइते हुनुभएका दिदीभाइ हुन् । हिजो राति मैनबत्ती सल्काएर जर्किले टेम्पोमा पेट्रोल भर्दै गर्दा शरीरमा […]

खुर्कोटमा सेनामार्फत बेलीब्रिज बनाउन सिफारिस

रामेछाप, असोज १७ गते : असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्काेट पुल नेपाली सेनामार्फत बनाउन सिफारिस भएको छ । बाढीले बगाएको खुर्काेट पुलमा तत्काल बेलीब्रिज निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिनेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट मङ्गलबार रक्षा मन्त्रालयमा सिफारिस भएको रामेछापका बागमती प्रदेशसभा सदस्य […]

राष्ट्रपतिद्वारा घटस्थापना गरी जमरा राख्नु भयो

काठमाडौँ, असोज १७ गते : हिन्दुहरूको पर्व दसैँ २०८१ का अवसरमा  पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राख्नु भएको छ । आजदेखि दसैँ सुरु भएसँगै नवरात्र अर्थात् घटस्थापना आरम्भ भएको छ । घटस्थापनाको साइत ९ः१६ बजे रहेको जनाएको छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना […]

क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा

सिन्धुली, असोज १७ गते : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर यात्रा गदैँ रामेछापबासी । असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी आरपार गर्ने विकल्प अरु नभएपछि यात्रुहरु क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल