काठमाडौँ, मङ्सिर ८ गते। बाल अधिकार रक्षकको तीन दिने राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। बाल विवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा बाल विवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ६ वटा संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सुरु भएको हो। नव अधिकार आयोग, […]
नयाँदिल्ली, मङ्सिर ८ गते । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ । कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहनुभएका अदानीले र उहाँको समूहलाई आरोपले क्षणिकरुपमा क्षति पुर्याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकहरुले […]
काठमाडौँ, मङ्सिर ८ गते । नेपाल आर्मीका मुकेश पाल र धादिङकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा शनिबार पहिलो हुनुभएको छ । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो हुनुभएको हो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट ३६.२ सेकेन्डमा पूरा गर्नुभयो । सञ्जय श्रेष्ठ ३१ मिनेट ५८.३ […]
काठमाडौँ, मङ्सिर ८ गते। नेपाल प्रिमियर लिग एनपिएलको चर्चा अहिले चुलिएको छ। अन्य खेलकुद सङ्घहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुने गरी चर्चा बटुलिरहेको हो। चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार […]
विश्व समाज अहिले प्रविधिको युगमा छ । मानिसको जीवनलाई सरल र सहज बनाउन प्रविधिले ठुलो भूमिका खेलिरहेको छ । द्रुत गतिमा बढेको प्रविधि द्रुत गतिमा नै दुरुपयोगमा फसेको छ । प्रविधिको विकाससँगै, साइबर आक्रमणको आवृत्ति र परिष्कार डरलाग्दो दरमा बढ्दै गएको छ । विश्वका ठुला ठुला देशलाई पनि साइबर आक्रमणले गिज्याइरहेको छ । त्यस कारण […]
काठमाडौँ, मङ्सिर ७ गते । लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट […]
अधिकांश स्थानीय तहमा कर्मचारीको नेतृत्वमा भएका नियमित कामबाहेक जनताले अनुभूत गर्ने खास काम भएको देखिँदैन । स्थानीय तहमा अहिले धमाधम विकास निर्माण र सेवा प्रवाहको काम भइरहनुपर्ने हो तर कर्मचारी अभावमा ती काम निरन्तर अघि बढ्न सकेका छैनन् । मुलुक सङ्घीयतामा गएपछिको सुरुवाती अवस्थामा जनप्रतिनिधिबिचको असमझदारीले कामको स्पष्ट बाँडफाँट हुन सकेको थिएन । त्यति बेला केन्द्र […]
काठमाडौँ, मङ्सिर ७ गते । नेपालमा २२ देशका मुद्रा खरिद विक्री हुन थालेको छ । यस अघि २१ देशका मुद्राको कारोवार गर्दै आएको नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा कारोवार सुरु गरेसँगै २२ देशको मुद्राको कारोवार सुरु भएको विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराई जानकारी दिनुभयो । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा […]
दाङ, मङ्सिर ७ गते : गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । […]
नेपालको मुख्य विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य उडानको भाडा चर्को वृद्धि भएसँगै यसको बहुआयामिक दुष्प्रभाव परेको छ । मर्मत तथा विस्तारका निम्ति गत कात्तिक २३ गतेदेखि रातिको निश्चित समय विमानस्थल बन्द गर्नुपर्ने बाध्यतालाई विमान सेवा कम्पनीहरूले भाडा बढाउने बहाना बनाएका छन् । भाडामा अत्यधिक वृद्धि गरिएपछि नेपालबाट काम गर्न जाने श्रमिकहरू चर्को मारमा परेका छन् […]