काठमाडौँ, मङ्सिर २४ गते । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा फरक–फरक जन्ममिति कायम गरी प्राधिकरणको अध्यक्षमा बहाल रहेको भन्दै मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिलवालले पटक–पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको अनि […]
काठमाडौँ, मङ्सिर २४ गते । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि […]
नेपालगन्ज, मङ्सिर २१ गते : बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त हुनुभएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपियाँको सुनको तक्मा दिएर बिदाइ गरेको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित भव्य समारोहकाबिच बिदाइ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसरा भण्डारीले बताउनुभयो । उहाँले गत ३६ वर्षदेखि सोही विद्यालयमा अध्यापनरत शिक्षिका शर्मालाई बिदाइ गर्न ठुलो […]
काठमाडौँ, मङ्सिर २१ गते : भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभएको थियो । करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नुभयो । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी […]
नेपालगन्ज, मंसिर २१ गते : भारतीय र नेपाली धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले देशमै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति बनाउन सुरु गरेको उपमहानगरले जनाएको छ । सो मूर्तिको फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माले […]
धनगढी, मङ्सिर २१ गते : सुदूरपश्चिम महोत्सवको क्रममा हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने भएको छ । कैलाली, कञ्चनपुरको धार्मिक क्षेत्र र खप्तड, रामारोशन, बडिमालिका लगायतको अवलोकन गराउने गरी हेलि टुरको व्यवस्था गर्न थालिएको हो । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजना शनिबारदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै छ । महोत्सवमा हेलि टुर सेवा सञ्चालनका लागि […]
काठमाडौँ, मङ्सिर २१ गते : आजको नेपाली बजारमा सुनको मूल्य घटेको छ । तर चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला रू. एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन आज घटेर रू. एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजोको तुलनामा प्रतितोला रू. छ […]
हेटौँडा, मङ्सिर २१ गते : मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ । शुक्रवार बिहान ८ बजेर १५ मिनेटको समयमा टिप्पर दुर्घटना हुँदा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको घटनास्थलमै मृत्यु भएको हो । बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल […]
नेपालगन्ज, मङ्सिर २० गते : राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण आगामी पुस ६ गते नेपालगन्जमा गर्ने तयारी गरिएको छ । नेपालगन्ज साइक्लिङ् क्लबले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना गर्दैआएको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको सातौं संस्करण प्रतियोगिताको मिति घोषणा गर्दै क्लबका अध्यक्ष प्रदीप सापकोटाले खेलाडीलाई दर्ता गराउन अनुरोध गर्नुभएको छ । प्रतियोगिता आयोजक नेपालगन्ज […]