alliance khabar

बुधबार, फाल्गुण ०७, २०८१

काठमाडौं, फागुन ७ गते ।

 पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा भएको बताउनुभएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।

सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “फागुन ७ गते नेपाल र नेपालीका लागि कोशेढुंगा सावित भएको छ । यही निभमा उभिएर हामी नेपालीलाई बहुदलसँगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनासम्मका आन्दोलनमा सफलता हासिल भयो ।”

सहिदहरुको बलिदानलाई उच्च कदर गर्दै नेपालको सर्वाङ्गिण विकास र समृद्धिका लागि निरन्तर संघर्षरत रहन राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय र सबै नेपालीलाई प्रेरणा मिल्नेछ भनी उहाँले शुभकामना व्यक्त गर्नुभएको छ । प्रजातन्त्र स्थापनाका लागि योगदान गर्नुभएका सबै ज्ञात अज्ञात सहिदहरुप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल