बालगायक परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, पुस १८ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गर्नुभएको छ । “बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःख छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पु¥याएको […]

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौँ, पुस १८ गते।  प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बुढानीलकण्ठ  पुग्नुभएको हो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार करिब दुई  घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको छ।

राप्रपा केन्द्रीय समिति बैठक शुक्रबार

काठमाडौँ,  पुस १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार यहाँ हुने भएको छ । बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताउनुभयो । बैठकमा पार्टीका अध्यक्ष […]

करका बारेमा थाहा पाई राखौँ

भाइबहिनीहरू, अभिभावक वा कसैले सामान वा सवारीसाधन वा घरजग्गाको कर तिर्नु पर्छ भनेको कुरा सुन्नुभएको होला । कुनै पनि कुरा किन्दा वा उपयोग गर्दा सरकारलाई तिरिने शुल्कलाई कर भनिन्छ । आम्दानी गर्दा वा सामान किन्दा तोकिएको रकम सरकारलाई पनि तिर्नुपर्ने हुन्छ । प्राचीनकालमा नोट वा सिक्काको चलन थिएन । त्यो बेला एउटा सामानसँग अर्को सामान साटेर किनबेच गर्ने चलन […]

नाङ्लोको व्यापार

तनहुँ, पुस १८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ घुम्ती सडक किनारामा बेच्न राखिएको नाङ्लो (सुपो) । यहाँका अधिकांश भुजेल समुदायले नाङ्लो, डालो बुन्ने गर्दछन् ।

मुक्तेश्वर मन्दिर

सर्लाही,  पुस १८ गते । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियास्थित ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर । पुरातत्व विभागले पुनर्निर्माण गरेको यो मन्दिर परिसरमा धेरै पुराना कलाकृति, इँटा, ढुङ्गालगायतका भग्नावशेषहरु रहेको छ ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, पुस १८ गते । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १२ः३० मा पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ । आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको पार्टी सचिवालयले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ […]

२०८१ पौष १८ गते 02, Jan, 2024, विहिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । […]

मधेशका लागि जसपा नेपालको विकल्प छैन : उपेन्द्र यादव

नेपालगन्ज, पुस १७ गते।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताउनुभएको छ। जनता समाजवादी पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, संगठन विस्तार आधारभूत अभियान अन्तर्गत बुधबार नेपालगन्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश र […]

अध्यक्ष नेपाल र गौतमबिच पार्टी एकताका सम्बन्धमा छलफल

काठमाडौँ, पुस १७ गते। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबिच छलफल भएको छ। आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो पार्टी एकताका सन्दर्भमा छलफल भएको जनाइएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता गौतमले भन्नुभयो, “माधव नेपाल र म एकजुट हुने भइसक्या छ।” सञ्चारकर्मीको जिज्ञासामा उहाँले डा.भीम रावलका सम्बन्धमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल