छाडा चौपायाबाट बाली जोगाउन खेतमै बास

धनगढी, पुस १७ गते।  छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन्। राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक खेतमै बास बस्न बाध्य भएका हुन्। उनीहरुले राति नै चौपाया धपाउने गरेका छन्। यसैगरी, छाडा चौपाया आउने नाकामा गस्तीसमेत गर्ने गरेका छन्। हिउँदमा हरेक वर्ष छाडा चौपायाले हैरान पार्ने […]

मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

काठमाडौँ, पुस १७ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१  र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल […]

आँखाको क्यान्सर रेटिनोब्लास्टोमा

अँध्यारोमा बिरालोको आँखा चम्किएजस्तै बालबालिकाको आँखाको नानी पनि चम्किन्छ भने रेटिनोब्लास्टोमा भएको हुन सक्छ । विज्ञका अनुसार यति चेतनाको अभावमा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) भएका बालबालिका ढिलो गरी अस्पताल पुग्ने गरेका छन् । यस्तो अवस्थामा प्रभावित बालबालिकाले दृष्टि गुमाउनुपर्ने एवं थप जटिलता हुन नदिन आँखाको गेडा नै निकाल्नुपर्ने हुन्छ । नेपाली कतिपय समुदायमा बालबालिकाको आँखामा सेतो टीका जस्तो देखिएमा त्यसलाई […]

समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण

काठमाडौँ,  पुस १७ गते ।   कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी […]

कुलुङ जातिको प्रमुख पर्व “चाक्चाकूर”

हरेक पुस १५ गते कुलुङ जातिको ‘चाक्चाकूर’ पर्व पर्ने गर्छ । यो  कुलुङ जातिको नयाँ वर्षको दिन पनि हो । ‘चाक्चाकूर’ को पूरा नाम ‘मीनारी दाचाम चाक्चाकूर’ हो । जे भए पनि कुलुङ जातिको ‘चाक्चाकूर’ पर्व मनाउने समय पनि गुरुङ जातिको ‘तमु ल्होछार’ सँगसँगै पर्ने गर्छ । एकै समयमा पर्ने गरेको कुलुङ जातिको नयाँ वर्ष ‘चाक्चाकूर’ पर्वबारे चाहिँ खासै […]

दुःखबाट तार्ने देवता

कलाले मानिसलाई आनन्द दिन्छ, उद्वेलित गराउँछ । परम्परागत कला त अझ ज्ञान प्राप्तिका लागि पनि प्रयोगमा ल्याइन्छ । नेपाली परम्परागत कलामा विशेष स्थान राख्दै आएको पौभा कलामा पनि पहिलेको तुलनामा निकै भिन्नता आएको छ । तथापि यो कलामा माध्यम, रङ प्रयोगमा सामान्य परिवर्तन आएको भए पनि विषयवस्तु र मूल शैली भने पुरानै रहेको छ । कलाकारले चित्र बनाउँदा पनि […]

श्रीलङ्काका सरकारी वेबसाइटमा साइबर आक्रमण

कोलम्बो, पुस १७ गते । श्रीलङ्काका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको प्रहरी प्रवक्ताले मङ्गलबार स्थानीय सञ्चारमाध्यमलाई बताउनुभएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले श्रीलङ्का प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको बताउनुभयो । श्रीलङ्काको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक भएको र यसको डाटा परिवर्तन गरिएको छ । श्रीलङ्का कम्प्युटर इमर्जेन्सी […]

दक्षिण कोरिया विमान दुर्घटना : ज्यान गुमाउनेमध्ये १७४ जनाको शव सनाखत

सियोल, पुस १७ गते । दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ । […]

जापानमा नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी : दुई जनाको मृत्यु

टोकियो, पुस १७ गते । टोकियोको एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको एक दुईतले घरमा आगलागी भएको खबर आएको थियो । तीव्र हावाको बिचमा आगो केही मिनेटमै फैलिएको र घरलगायत कम्तीमा आठवटा भवनमा आगो लागेको […]

कान्छीमाया मार्ने बघिनी नियन्त्रणमा

हेटौँडा, पुस १६ गते ।  मकवानपुरको मनहरी गाउँपालिका ५ मा एक वृद्धामाथि आक्रमण गरी मार्ने बघिनीलाई नियन्त्रणमा लिइएको छ । पर्सा वन्यजन्तु आरक्षणबाट खटिएको सुरक्षाकर्मीसहितको टोलीले मङ्गलबार साँझ बाघ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ५ स्थित वसन्तपुरकी कान्छीमाया रुम्बाको आइतबार साँझ बाघको आक्रमणबाट मृत्यु भएको थियो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल