सुलीकोट (गोरखा), कात्तिक १० गते । बूढीगण्डकी नदीमा आएको बाढीले पदमार्ग र सडकमा क्षति पु–याएपछि सुनसान बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बाढीले क्षति पु–याएका सडक तथा पदमार्ग मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएपछि मनास्लु क्षेत्रको पर्यटन गतिविधि पुनः लयमा फर्किन थालेको हो । मनास्लु पदमार्गको प्रवेशस्थल जगतका होटेल व्यवसायी गणेश कार्कीका […]
काठमाडौँ, कात्तिक १० गते । ब्राजिलमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा ५१.८ प्रतिशत मतसहित चौथो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी फ्लेभियो बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँले हार स्वीकार नगरी निर्वाचनको परिणाम रद्द गर्न माग गर्ने बताउनुभएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । लुलाको विजयले […]
काठमाडौँ, कात्तिक ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिनुभयो । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर […]
काठमाडौँ, कात्तिक ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा उहाँले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो । एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम […]
काठमाडौँ, कात्तिक ९ गते । नेपाल जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबार दिउँसोसम्म वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले कात्तिक १२ गते बिहीबारदेखि पानी पर्नसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबारदेखि पानी पर्न सक्ने सम्भावना छ । शनिबार बिहानसम्म वर्षा रहने र त्यसपछि मौसम सुधार […]
काठमाडाैं, असाेज ३० गते । कागेश्वरी मनोहरा नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरी वृत्त बौद्धलाई साढे १४ लाख रुपैयाँभन्दा बढी मूल्यका सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। नगरप्रमुख उपेन्द्र कार्कीले ७७ वटा ठूला र ४० वटा साना प्लास्टिक सफ्ट ब्यारियर (सडक डिभाइडर) प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक मदनजित […]
ललितपुर, असोज ३० गते । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्य पदमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मतसहित विजयी हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार महर्जन पाँच हजार ३३० मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुनुभएको हो। त्यसैगरी, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक निष्कल राई चार हजार ९५६ मत प्राप्त गरी […]
तनहुँ, असोज ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध तनहुँको घिरिङ गाउँपालिका र पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका जोड्ने पुल पुनः सञ्चालनमा आएको छ। बाढीले क्षति पुर्याएको दुवैतर्फको पहुँच मार्ग पुनर्निर्माण सम्पन्न भएसँगै बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएका हुन् । गत असोज ११ गते आएको बाढीले पुलको दुवैतर्फका पहुँच मार्ग बगाएपछि आवतजावत […]
काठमाडौँ, असोज ३० गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा/व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ […]
काठमाडौँ, असोज ३० गते। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, पूर्वअध्यक्ष खिलानाथ दाहाल र केन्द्रीय सदस्य सीतादेवी काफ्ले कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँहरु नेपाली कांग्रेसको श्रमिक क्लस्टरतर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । कांग्रेसको विधान अनुसार श्रमिक क्लस्टरतर्फ खुला दुई र महिला एक गरि ३ पदको व्यवस्था […]