टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपाल

काठमाडौँ, असोज २४ गते । नेपाल बिहीबार आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्समा स्थान बनाउन सफल भएको छ । नेपालले बुधबार राति कुवेतलाई ५८ रनले हराएर विश्वकप पुग्ने अभियानमा सकारात्मक सुरुवात गरेको थियो । समूह ‘बी’ अन्तर्गत नै जापानले कुवेतलाई पाँच विकेटले हराएपछि नेपाल सुपर सिक्समा पुगेको हो । कुवेत […]

बुद्धिचाल महासङ्घ नेतृत्वविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौँ, असोज १२ गते।  नेपाल बुद्धिचाल महासङ्घविरुद्ध अविश्वास प्रस्तावमा ३६ जनाले हस्ताक्षर गरेका छन्। बुद्धिचाल महासङ्घको साधारण सभामा ११८ जना सदस्य छन्। सङ्घ नेतृत्वले मनोमानी गरेको ,फिडेमा प्रतियोगिता सम्बन्धी गलत रिपोर्ट पठाएको, नियमित बैठक नराखी मनोमानी निर्णय गरेको, खेलाडी छनोटमा अनियमितता गरेको तथा फिडे लगायतबाट प्राप्त रकममा अनियमितता गरेको आरोप छ। सन् २०२४ मा हंगेरीमा […]

पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

कास्की, असोज ११ गते ।  विश्व पर्यटन दिवसका अवसरमा आज पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जित्नुभएको छ । पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भएको दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्क पुगेर सम्पन्न भएको हो । राउतले निर्धारित आठ किलोमिटर दूरी ३५ मिनेट ४४ […]

बङ्गलादेशसँग श्रीलङ्का हारेसँगै नेपाल सेमिफाइनलमा

काठमाडौँ, असोज ६ गते । नेपाल श्रीलङ्कामा जारी यु–१७ साफको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० गोलले हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा लगातार दोस्रो हार खेपेसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले हराएको थियो । नेपाल दोस्रो खेलमा बङ्गलादेशसँग […]

अन्तर्राष्ट्रिय र्‍यापिड चेसमा नेपाललाई छैटौँ स्थान

काठमाडौँ, असोज ५ गते । रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ । रसियाकै बुयाटिया टिमले […]

कानेपोखरीमा करिब चार करोड १० लाखको क्षति

उर्लाबारी, असोज २ गते । गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बरावरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्बदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले १४ लाख रुपियाँको औषधि उपकरण, पूर्वाधारतर्फ पाँचवटा वडा […]

जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद स्थगित

मुक्तिनाथ (मुस्ताङ), असोज २ गते । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको गरेको ५२ औं संस्करणको खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा आगामी असोज ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा आन्दोलनको क्रममा ज्यान गुमाउनेको सम्झना तथा घाइतेको स्वास्थ्य लाभको कामनासहित प्रतियोगिता स्थगित गरिएको सङ्घका अध्यक्ष […]

२३ औं जेसीजकप फुटबल प्रतियोगिताक मङ्सिर दोस्रो हप्ता हुने

म्याग्दी, भदौ २० गते । म्याग्दी जेसीजको आयोजनामा हुने अन्तरमाध्यमिक विद्यालय(कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी मङ्सिर ८ देखि १३ गतेसम्म हुने भएको छ । एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको प्रतियोगितबारेमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी म्याग्दी जेसीजले जानकारी गराएको हो । २२ औं संस्करणदेखि प्रायोजन सम्झौता गरेको […]

बागलुङमा एन्फा यू१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

काठेखोला (बागलुङ), भदौ १६ गते । बागलुङमा आइतबारदेखि एन्फा यू१४ अन्तर विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । बागलुङ जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ कालिगण्डकी आवासिय माध्यमिक विद्यालय र छात्रातर्फ न्यू ओएसिस एकेडेमीले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा कप्तान शिव क्षेत्रीको दुई गोलको मद्दतमा […]

मिस नेपालको उपाधि लुना लुइटेललाई

ललितपुर, भदौ १४ गते।  मिस नेपाल २०२५ को उपाधि लुना लुइटेलले जित्नुभएको छ। शनिबार ललितपुरको गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुना ‘मिस नेपाल वर्ल्ड’ बन्नुभएको हो। उहाँलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिनुभयो। मिस अर्थ सोनी घले बन्दा मिस नेपाल इन्टरनेसनको ताज उरूषा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल