alliance khabar

सोमबार, मंसिर ०१, २०८२

काठमाडौँ, मङ्सिर १  गते ।

 दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ ।

सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाउनुभयो भने आकाश त्रिपाठीले ३९ रन जोड्नुभयो ।

जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट हात पार्नुभयो ।

पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो ।

जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिनुभयो । उहाँले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाउनुभयो । यस्तै,  मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाउनुभयो । लाहिरु मिलन्था सात रनमा आउट हुनुभयो ।

काठमान्डु गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिनुभयो भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक एक विकेट लिनुभयो ।

एनपिएलको दोस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल