तरकारीखेतीबाट नौ लाख आम्दानी

ढोरपाटन (बागलुङ),  कात्तिक २ गते ।  ढोरपाटन नगरपालिका–४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअगाडि छोराछोरी पढाउनका बागलुङ बजार झर्नुभएको थियो । गाउँबाट बजार झर्नुभएकी रिममायालाई सुरुमा घुलमिल हुन निकै गाह्रो भएको थियो । बिहान बेलुका छोराछोरीसँग बिताए पनि दिनमा एक्लै बस्नुपथ्र्यो । दिनमा केही काम गर्ने सोच बनाए पनि बजारमा काम पाइएन । आफू बस्ने ठाउँ […]

फेरि घट्यो ब्याजदर

काठमाडौँ, कात्तिक १ गते । वाणिज्य बैङ्कले कात्तिकका लागि पनि ब्याजदर घटाएका छन् । निरन्तर घटने क्रममा वाणिज्य बैङ्कको ब्याजदर एकल अङ्कमा रहेको छ । कात्तिकका लागि अधिकांश बैङ्कले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । बैङ्कले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर औसत ५.२० प्रतिशतमा झरेका छन् । असोजमा यस्तो औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ […]

सुनको मूल्य उच्च, बजारमा कृत्रिम अभाव

काठमाडौँ, असोज ३१ गते । तिहार नजिकिँदै गर्दा बजारमा सुनको उच्च मूल्य तथा कृत्रिम अभावको समस्या थपिएको छ । तिहारमा सुनको माग उच्च हुने हुँदा व्यवसायी अभाव देखाएर बढी मूल्य लिने गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले तिहारमा सुनको माग उच्च भएकाले सुनको अभाव कायम रहेको जानकारी दिनुभयो । चोरीतस्करीबाट […]

बिमा दाबी पच्चिस अर्बभन्दा बढी

काठमाडौँ, असोज ३१ गते । जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बिमा दाबीको करिब दुई अर्ब रुपियाँ भुक्तानी भइसकेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार हालसम्म तीन हजार १६३ वटा बिमा दाबी दर्ता भई जम्मा २५ अर्ब १४ करोड ८३ लाख रुपियाँ बराबरको दाबी आएको छ । जसमध्ये एक […]

सामूहिक सयपत्री फूलखेतीमा महिला

दमौली (तनहुँ), असोज  ३० गते । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् । यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असोज २९ गते ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७८ पैसा र बिक्रीदर १४२ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८५ पैसा र बिक्रीदर १६४ रुपियाँ ५४ पैसा, युके […]

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो आठ हजार एक सय

काठमाडौँ, असोज २८ गते ।  स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मङ्गलबार सुनको मूल्य तोलामा आठ हजार एक सय रुपियाँले बढेको जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ४८ हजार पाँच सय रुपियाँ कायम भएको हो । सोमबार छापावाल सुन तोलामा दुई लाख […]

आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  असोज २८ गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५७, आलु रातो प्रतिकिलो रु ५६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) […]

पुँजी बजारका दुई नियामक निकायमा तीन सातादेखि आन्दोलन

काठमाडौँ, असोज २८ गते । नेपालको पुँजी बजार नियमन गर्ने दुई प्रमुख निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी सेवा सुविधा कटौतीको विरोधमा निरन्तर आन्दोलनमा उत्रिएपछि दुवै संस्थाको कार्यसम्पादन ठप्प भएको छ । आन्दोलनले धितोपत्र दर्तादेखि बजार नियमनसम्मका सबै प्रक्रिया प्रभावित भएका छन्, जसले लगानीकर्ता र पुँजी बजारमै गम्भीर प्रभाव पार्न […]

प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित सात जनाविरुद्ध ८१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ, असोज २७ गते । भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनाविरुद्ध ८१ लाख ५३ हजार ६५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घर्तीसहित उक्त नगरपालिकामा ईन्जिनियर पदमा कार्यरत मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिश साह, कानुन अधिकृत प्रकाश कुमार शाही, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल