धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी, चैत १७  गते । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन् । माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताउनुभयो । “इलामबाट प्रतिगोटा रु ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो”, उहाँले भन्नुभयो, “एक सय किलोग्राम सतुवा उत्पादन […]

गैरकानुनी रूपमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ, चैत १७  गते । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन आग्रह गरेको छ । सरकारले सबै प्रकारका बेटिङ एप तथा बेबसाइट यही चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकले बन्द गर्ने निर्णय गरिसकेको उल्लेख गर्दै बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन, प्रसारण र प्रदर्शन […]

काठमाडौँका पूर्वप्रमुख छवि रिजाल पक्राउ

काठमाडौँ, चैत १७ गते ।  काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार बिहान सुविधानगरस्थित निवासबाट उहाँलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टका अनुसार पक्राउ पर्नुभएको पूर्वप्रमुख जिल्ला अधिकारी रिजाललाई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ । […]

अहिंसाको शिक्षाले करुणा बढाउँछः उपराष्ट्रपति

काठमाडौँ, चैत १७ गते ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिनुभएको छ । महावीरको मङ्गलबार दुई हजार ६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । जैन धर्मावलम्बीले यस पर्वलाई महत्त्वपूर्ण चाडका रुपमा मनाउने गर्दछन् […]

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी, चैत १६ गते । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो, जसले क्षेत्रीय स्तरमा मध्यम कम्पन महसुस गराएको छ । भूकम्प भानुआटुको दोस्रो ठूलो सहर लुगानभिलबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा केन्द्रित थियो । प्रारम्भिक रूपमा […]

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा, चैत १६ गते । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बीउ छर्ने भएको छ । विसं २०६५मा  गतलाङ क्षेत्रको वन भीषण आगलागीको चपेटामा परेको थियो । आगोको चपेटाबाट सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति जलेर नष्ट भएको थियो । […]

जेनजी आन्दोलनका घाइते : बल्झिरहन्छ घाउ र पीडा

काठमाडौँ, चैत १६ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएर ६४ दिन अस्पताल बसाइ पूरा भएपछि ‘डिस्चार्ज’ भएकी २० वर्षीया लिजा अधिकारी घरमै आराम गर्दै परीक्षाको नतिजाको प्रतीक्षामा हुनुहुन्छ । मोरङ घर भएकी अधिकारी काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ । जेनजी आन्दोलनका क्रममा घाइते उहाँको हात र कुमको जोड्तीबाट गोली वारपार भएको […]

अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी

काठमाडौँ, चैत १६ गते । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ  । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रुपमा श्रम स्वीकृति दिने निर्णय […]

पाँच सय भिक्षुसहित धम्मयात्रा सम्पन्न

भैरहवा, चैत १६ गते । पाँच सय कुलपुत्र प्रवज्या कार्यक्रम अन्तर्गत भैरहवामा आयोजित धम्मयात्रा सफलतापूर्वक सम्पन्न भएको छ । करिब पाँच सय नवप्रवजित सामणेर तथा भिक्षुको सहभागितामा सम्पन्न यात्राले शान्ति, करुणा र सहअस्तित्वको सन्देश प्रवाह गरेको छ । भगवान् बुद्धले राजगृहदेखि कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राबाट प्रेरित यस धम्मयात्रालाई धार्मिक अनुष्ठान मात्र नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत […]

पत्रकार पौडेललाई उपचार खर्च उपलब्ध गराउन माग

सर्लाही, चैत १६ गते । पूर्वपश्चिम राजमार्ग विस्तार गर्न काटिएको रुखले च्यापिएर घाइते भएका पत्रकार प्रेमनाथ पौडेल र उहाँका दाई विश्वनाथ पौडेलको उपचारमा सहयोग गर्न माग गरिएको छ । हरिवन नगरपालिका–४, सासापुर निवासी पत्रकार पौडेल र उहाँका दाई यही चैत ११ गते सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा लक्ष्मीनियाँ चोक नजिक हाइवे बढाउन काटिरहेको रुख एक्कासी मोटरसाइकलमाथि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ