alliance khabar

सोमबार, चैत्र १६, २०८२

सर्लाही, चैत १६ गते ।

पूर्वपश्चिम राजमार्ग विस्तार गर्न काटिएको रुखले च्यापिएर घाइते भएका पत्रकार प्रेमनाथ पौडेल र उहाँका दाई विश्वनाथ पौडेलको उपचारमा सहयोग गर्न माग गरिएको छ ।

हरिवन नगरपालिका–४, सासापुर निवासी पत्रकार पौडेल र उहाँका दाई यही चैत ११ गते सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा लक्ष्मीनियाँ चोक नजिक हाइवे बढाउन काटिरहेको रुख एक्कासी मोटरसाइकलमाथि ढलेर किच्दा घाइते हुनुभएको थियो । उहाँहरुको अहिले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँमा उपचार भइरहेको छ ।

उपचाररत पौडेल दाजुभाईको उपचारमा लागेको खर्चको व्यवस्थापन गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले आइतबार अपराह्न कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) को कार्यालय गौरीडाँडा महोत्तरीमा ज्ञापन पत्र बुझाएको हो । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, पूर्व अध्यक्षहरु टङ्कबहादुर क्षेत्री, विश्वनाथ ठाकुर, महासङ्घका उपाध्यक्ष मुकेश झा, सचिव सोम दियाली र सहसचिव जनार्जन खत्रीले सडक योजनाको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउनुभएको हो ।

ज्ञापन पत्र बुझ्दै सडक योजना कार्यालयका इन्जिनियर एवम् सूचना अधिकारी रामटहल यादवले घाइते पत्रकार दाजुभाईलाई उपचारको उचित प्रवन्ध मिलाउन कन्सल्टेन्ट र ठेकेदार कम्पनिसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । घटनाको सम्बन्धमा आइतबार दिउँसो इलाका प्रहरी कार्यालय बर्दिवासमा भएको छलफलमा लक्ष्मीनियाँ जङ्गल खण्डको सडक विस्तार गर्ने जिम्मेवारी पाएको रसुवा कन्स्ट्रक्सनले पत्रकार पौडेल दाजुभाईको उपचारमा लाग्ने खर्च बेहोर्ने सहमति जनाएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले रुख ढलेर च्याप्दा घाइते भएका पत्रकार पौडेलको परिवारको आर्थिक अवस्थासमेत कमजोर रहेकाले राहत रकमको समेत माग गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल