राष्ट्रिय सभामा सहमतिको गृहकार्य

काठमाडौँ, चैत १९ गते । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरू उपाध्यक्ष र संसदीय समितिका सभापतिको रिक्त पदमा निर्वाचनका लागि सहमति खोज्न आन्तरिक गृहकार्यमा जुटेका छन् । दलहरूको मागबमोजिम सङ्घीय संसद् सचिवालयले चैत २२ गतेसम्म सहमतिका लागि पर्खिने जनाएको छ । बिहीबारका लागि तय भएको संसद् बैठकको कार्यसूची तय गर्न बुधबार अपराह्न बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था […]

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ, चैत १९ गते ।  वालेन्द्र शाह (बालेन) नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले  रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको […]

फेवा अतिक्रमण हटाउने कार्य तीव्र

पोखरा, चैत १८ गते ।  गण्डकी क्षेत्रका कैयौँ मानिसको जीविकोपार्जन र मुलुककै पर्यटकीय अर्थतन्त्रमा ठुलो योगदान दिएको पोखराको फेवाताल मानवीय र प्राकृतिक दुवै थरी अतिक्रमणले खुम्चिँदै गएको छ । यसको संरक्षणका लागि सरकारका प्रयास तथा अतिक्रमण हटाउन अदालतका आदेशसमेतलाई बेवास्ता भइरहेको सन्दर्भमा नयाँ निर्वाचित सरकारका प्रधानमन्त्री वालेन्द्र शाहको प्राथमिक चासोमै फेवा अतिक्रमण हटाउने कार्य परेको छ । […]

गजेन्द्र नारायण सिंह अस्पतालको वर्षौ बन्द गेट खोलियो

भारदह, चैत १८ गते। सप्तरी जिल्लाको राजविराज नगरपालिकास्थित गजेन्द्र नारायण सिंह सरकारी अस्पतालको पश्चिमतर्फको वर्षौँदेखि बन्द रहेको गेट मंगलबारदेखि सञ्चालनमा आएको छ। अस्पतालमा दुईवटा गेटमध्ये पश्चिमतर्फ रहेको पुरानो गेट बन्द भएपछि बिरामी र तीर्थयात्रीहरूलाई आवतजावतमा समस्या हुँदै आएको थियो। सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभासद् रामजी यादवको पहलमा गेट खोल्न सफल भएको राष्ट्रिय स्वतन्त्र […]

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

गलकोट (बागलुङ),  चैत १८ गते । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी  रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो । […]

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी,  चैत १८ गते । रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताउनुभयो । हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको […]

इनरुवामा बर्डफ्लू फैलियो, चार सय कुखुरा नष्ट

इनरुवा, चैत १८ गते।   सुनसरीको इनरुवा नगरपालिका वडा नं. २, कुसुमगाछीमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि सतर्कता बढाइएको छ। इनरुवा–२ निवासी सुमन कुमार राईले पालेका करिब चार सय ब्रोइलर कुखुरामा संक्रमण देखिएको हो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा परीक्षण गर्दा रोग पुष्टि भएपछि नियन्त्रणका उपाय तीव्र पारिएको छ। इनरुवा नगरपालिका पशुपन्छी सेवा शाखाका अनुसार संक्रमित फार्मका […]

विपद्का लागि दुई हेलिकोप्टर तयारीमा : गृहमन्त्री गुरुङ

काठमाडौँ, चैत १८ गते। गृहमन्त्री सुधन गुरुङले विपदमा परेका नागरिकको तत्काल उद्धारका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ। मङ्गलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उहाँले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरूले ज्यानको पर्वाह नगरी नागरिक उद्धारमा खटिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आम नागरिकको जिउज्यानभन्दा ठूलो कुनै पनि कुरा नभएको उल्लेख गर्दै […]

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा, चैत  १८ गते । गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा कोशी, मधेस र बागमती प्रदेशका गरी आठ क्लबले सहभागिता जनाउने छन् । आयोजकका अनुसार सिरहाबाट गोलबजार युनाइटेड क्लब, गोलबजार स्पोर्टस् क्लब […]

म्याग्दीमा वैशाख २ देखि आर्थिक गणना

म्याग्दी (दरबाङ), चैत १८ गते।   म्याग्दीमा आगामी वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ। जिल्ला आर्थिक गणना कार्यालय म्याग्दीका अनुसार जिल्लाभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलापसम्बन्धी सबै प्रकारका व्यवसाय तथा सेवाको आधारभूत विवरण सङ्कलन गरी तथ्याङ्क प्रकाशन गरिनेछ। कार्यालय स्थापना भएपछि मङ्गलबार सदरमुकाम बेनीबजारमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठी मा आर्थिक क्रियाकलाप हुने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ