लहान, पुस २ गते । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानको समस्या समाधान नगरे देशको समृद्धि सम्भव नहुने बताउनुभएको छ । गृह जिल्ला सप्तरीबाट फर्किने क्रममा सिरहाको औरही गाउँपालिकामा जेनजी युवाहरुले राखेको किसानसँग कृषिमन्त्री साक्षत्कार तथा सममान कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै यस्तो बताउनुभयो । वर्तमान सरकार जेनजी आन्दोलनबाट बनेको नागरिक सरकारले […]
कल्याणपुर (सप्तरी), पुस २ गते । सप्तरीमा बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ज्योति विकास बैंक लिमिटेडको क्लस्टर कार्यालय बर्दिवासबाट कर्जा असुली कार्यका लागि खटिएका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि कर्जा नतिरेको विषयलाई लिएर दुर्व्र्यवहार तथा कुटपिट भएको घटनामा संलग्न रहेको […]
काठमाडौँ, पुस २ गते । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवम् संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ । साथै वित्तीय कारबाही कार्यदल (एफएटिएफ)को कार्ययोजनाअन्तर्गतका दायित्व पूरा गर्ने चरणमा नेपाल रहेको जनाएको छ । कतारको राजधानी दोहामा जारी संयुक्त राष्ट्रसङ्घीय भ्रष्टाचारविरुद्धको महासन्धि पक्षराष्ट्रहरूको ११औँ सम्मेलनमा नेपालले उक्त […]
काठमाडौँ, पुस १ गते। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान बुधबार बिहान मात्र हुने भएको छ । महासचिवका उम्मेदवार शंकर पोखरेलले मतदान प्रक्रिया बुधबार बिहान ८ बजे सुरु हुने जानकारी दिनुभएको हो । मंगलबार बिहान ९ बजेबाट हुने भनिएको मतदान दिउँसो ४ बजेका लागि सरेको थियो । मतदान प्रक्रिया […]
काठमाडौं, पुस १ गते । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। आज मंगलबार आयोजित एक कार्यक्रम माझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गर्नुभयो। त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गर्नुभयो। […]
महोत्तरी, पुस १ गते । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने किसानको बर्सेनिको पिरोलो बन्दै आएको छ । यस्तो बेला नगर कृषि शाखाले यहाँको माटो र हावापानीमा राम्रो फस्टाउने उन्नत जातको […]
चितवन, पुस १ गते । मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो । वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति […]
तम्घास (गुल्मी), पुस १ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकेन्द्रित शान्तिसुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्न अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार विपत्का घटनासँग समन्वय, सुरक्षा, लागुऔषध ओसारपसार र निर्वाचनकेन्द्रित रहेर सूचना आदानप्रदान गर्नका लागि अन्तरजिल्लास्तरीय सुरक्षा बैठक गरिएको हो । आगामी फागुन […]
पाख्रीबास (धनकुटा), पुस १ गते । धनकुटा नगरपालिका–६, स्थित सल्लेरीमा रहेको नेपाल नेत्रज्याति सङ्घ धनकुटाद्वारा सञ्चालित डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले वार्षिक १५ हजार आँखाका बिरामी परीक्षण गर्दै आएको छ । सोमबार सङ्घको १५ औँ वार्षिक साधारण सभा तथा अस्पतालको १२ औँ वार्षिकोत्सवका अवसरमा यस्तो जानकारी दिइएको हो । आँखा अस्पतालका सचिव देवबहादुर खड्काले अस्पतालमा दैनिक […]
मनहरी (मकवानपुर), पुस १ गते । चितवन र मकवानपुरको सीमावर्ती क्षेत्रमा रहेको मकवानपुरको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना ४५ परिवार उपभोक्ताका लागि काठबाट बनेका खाट प्रदान गरेको छ । मनहरी गाउँपालिका वडा नं ६ मा रहेको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले बिपन्न वर्गका उपभोक्ता सदस्यहरु खाटको अभावमा चिसो भुँइमा गुन्द्री ओछ्याएर सुत्न बाध्य भएकाले […]