alliance khabar

बुधबार, चैत्र १८, २०८२

इनरुवा, चैत १८ गते।

  सुनसरीको इनरुवा नगरपालिका वडा नं. २, कुसुमगाछीमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि सतर्कता बढाइएको छ। इनरुवा–२ निवासी सुमन कुमार राईले पालेका करिब चार सय ब्रोइलर कुखुरामा संक्रमण देखिएको हो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा परीक्षण गर्दा रोग पुष्टि भएपछि नियन्त्रणका उपाय तीव्र पारिएको छ।

इनरुवा नगरपालिका पशुपन्छी सेवा शाखाका अनुसार संक्रमित फार्मका सबै कुखुरा नष्ट गर्ने (कुलिङ) कार्य सुरु गरिएको छ। संक्रमण फैलिन नदिन फार्म वरिपरि उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्ममा पनि निगरानी कडा पारिएको छ।

यसैबिच, किसानहरूलाई लक्षित गर्दै नगरपालिका पशु सेवा शाखाले निःशुल्क जैविक सुरक्षा (बायोसेक्युरिटी) औषधी वितरण सुरु गरेको छ। किसानहरूलाई फार्म, उपकरण र वरिपरि क्षेत्र नियमित रूपमा डिसइन्फेक्सन गर्न आग्रह गरिएको छ। प्राविधिक टोलीले प्रभावित फार्म सिल गर्ने, पूर्ण डिसइन्फेक्सन गर्ने र आवश्यक जैविक सुरक्षा उपाय लागू गर्ने कार्य जारी राखेको छ।

कुखुरामा असामान्य लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन तथा बाह्य सम्पर्कबाट कुखुरा जोगाउन पनि सुझाव दिइएको छ।

इनरुवा नगरपालिकाका पशु चिकित्सक डा। राज कुमार यादव ले बर्ड फ्लू अत्यन्त संक्रामक रोग भएको भन्दै उच्च सतर्कता अपनाउन, सरसफाइमा विशेष ध्यान दिन र कुखुराजन्य पदार्थ राम्ररी पकाएर मात्र सेवन गर्न सुझाव दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल