कल्याणपुर (सप्तरी), चैत २४ गते । राजविराज–सखडा जीर्ण सडक मर्मत तथा कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानियहरुले दुई दिनदेखि सडक अवरुद्ध पारेका छन् । मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने राजविराज–सखडा सडक जीर्ण अवस्थामा पुगेकोले कालोपत्रे गनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन् । आइतबार बिहानबाट सो सडक खण्डको विष्णुपुर गाउँपालिका क्षेत्रमा बिच सडकमै […]
गुल्मी, चैत २४ गते। लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका छन्। प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान कार्यान्वयन, सुशासन र जनअपेक्षा पूरा गर्न प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। दुई तिहाइ जनादेश प्राप्त सरकारले जनताको विश्वास जोगाउन ठोस काम गर्नुपर्ने […]
लेखनाथ, चैत २४ गते । गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले ट्होटेंमा बिदा दिएका हुन् । गुरुङ समुदायले साउन र चैत महिनाका अन्तिम मङ्गलबार यो पर्व मनाउने गर्छ । मादी गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सोमबार सूचना प्रकाशन गरी गाउँपालिका कार्यालय, […]
काठमाडौँ, चैत २४ गते । पश्चिम एसियाली मुलुकको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको छ । साथै पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारणले गर्दा पनि इन्धनको मूल्य थप महँगो पर्न गएको छ । यस अवस्थामा सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर छुट अथवा कम गरे उपभोक्तालाई राहत दिन मिल्ने देखिएको छ । […]
काठमाडौँ, चैत २४ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे’ लिस्टबाट बाहिर ल्याउनु जरुरी रहेको भन्दै त्यसका लागि सुशासनका काम गर्नुपर्ने जनमत अनुसार सरकारले काम गर्ने बताउनुभएको छ । स्टक ब्रोकर्स एसोसिएसनको प्रतिनिधि मण्डलसँग सोमबार भएको भेटवार्तामा उहाँले केही अनुसन्धान पुरानै रहेको र अहिले अन्तिमतिर पुगेको जानकारी दिनुभयो । उहाँले अपराध गरेकालाई उन्मुक्ति नहुने […]
काठमाडौँ, चैत २४ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
काठमाडौँ, चैत २३ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सभामुखमा निर्वाचित भएपछि आज पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख अर्यालले संसद्लाई निष्क्रियता नभई सक्रिय कार्यसम्पादनको थलो बनाउन तथा सदनलाई असल संवैधानिक अभ्यासबाट सुसञ्चालन गर्न सबैसँग सहयोगको अपेक्षा […]
काठमाडौँ, चैत २३ गते । ‘कान्तिपुर हाफ म्याराथन’ को अर्को संस्करण १४ औं संस्करण वैशाख ५ गते शनिबार आयोजना हुने भएको छ । म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने […]
रामपुर (पाल्पा), चैत २३ गते । पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले प्रधानमन्त्री वालेन्द्र शाह समक्ष ३१ बुँदे माग प्रस्तुत गर्नुभएको छ । सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित सांसदहरूसँग भएको छलफलमा रानाले समग्र प्रदेश र पाल्पाको पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्र समेटेर योजना पेस गर्नुभएको हो । छलफलको क्रममा मौखिक तथा […]
सल्यान, चैत २३ गते । शारदा नगरपालिकाले व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा जथाभावी पार्किङ नियन्त्रण गर्न कडा कदम चालेको छ । अव्यवस्थित पार्किङ गर्ने सवारी साधनलाई अब देखि २ हजार ५ सय रुपियाँसम्म जरिवाना गरिने भएको छ। शारदा नगरपालिका र जिल्लामा सञ्चालित विभिन्न यातायात व्यवसायीबीच भएको बैठकले यस्तो निर्णय गरेको हो। निर्णय अनुसार बस, अटो, रिक्सा […]