काठमाडौँ, चैत २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल […]
काठमाडौँ, चैत २५ गते । सङ्घीय संसदका दुवै सदनको बैठक बुधबार बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन […]
काठमाडौँ, चैत २५ गते । संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता नष्ट हुने’ चेतावनी सहित दिएको समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो। बीबीसीका अनुसार इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताउनुभएको छ। […]
हुम्ला, चैत २५ गते । गाउँपालिकाले अनलाइन पोर्टलमा आगलागी घटनाको विवरण प्रविष्ट नगर्दा पीडितहरू सङ्घीय सरकारअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पाउने राहत सहयोगबाट वञ्चित भएका छन्। गाउँपालिका, वडा र पीडितबिच आवश्यक समन्वय नहुँदा घटनाको विवरण समयमै अनलाइन प्रणालीमा नचढाइएका कारण राहत उपलब्ध हुन नसकेको हो। गत कात्तिक २६ गते तीनतले सातकोठे घर आगलागीबाट […]
वीरगञ्ज (पर्सा), चैत २५ गते । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर सरसफाइ तथा मर्मतसम्भार थालेको छ । कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा […]
काठमाडौँ, चैत २५ गते । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै […]
बागलुङ (गलकोट) चैत २५गते । धवलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) २०७९ ले स्थापना गरेको छात्रवृत्ति कोषको रकम क्याम्पसलाई हस्तान्तरण गरिएको छ। क्याम्पस परिसरमा मङ्गलबार आयोजित एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्क केसीले शिलालेख अनावरण गर्दै एक करोड नौ लाख ४१ हजार छ सय ५१ रुपियाँको उक्त कोषलाई औपचारिक रूपमा सार्वजनिक […]
काठमाडौँ, चैत २५ गते । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा […]
काठमाडौँ, चैत २४ गते । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र लालीबजारको ‘मिठो संसार’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रका दृश्यलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलीजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री रानामगरको स्वर सुन्न सकिन्छ । जयन जे बाइवाको शब्द, सङ्गीत रहेको […]
वराहक्षेत्र, चैत २४ गते । कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा तीन दिने पर्यटन महोत्सव गर्न लागिएको हो । वराहक्षेत्र ६ स्थित सप्तकोसी नदी किनारमा चैत २६ देखि २७ गते सम्म कोशी पर्यटन महोत्सव आयोजना गरिने भएको कोशी प्रदेश भ्रमण वर्ष […]