पश्चिम नवलपरासी, माघ १८ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत्त्वपूर्ण संरचना प्राप्त गरेको छ । पुरातत्व विभागको टोलीले गरेको पछिल्लो अनुसन्धानबाट त्यहाँ एक भव्य ‘स्क्वायर’ (वर्गाकार) दरबार को भग्नावशेषसँगै दरबारभित्रै पानीको प्राकृतिक मूल र आधुनिक शैलीको स्नानगृह जस्तो संरचना फेला परेको हो […]
काठमाडौँ, माघ १८ गते । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले […]
पर्वत, माघ १८ गते । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बिमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन […]
काठमाडौँ, माघ १८ गते । देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ । वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो । मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ, प्रदेश र स्थानीय तहमा […]
नेपालगन्ज, माघ १७ गते । पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक नेपालगन्ज नाकाबाट जडिबुटी निकासी हुने क्रम फेरि वृद्धि हुन थालेको छ । साविकको मध्य र सुदूरपश्चिमको केन्द्रबिन्दु तथा लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्र नेपालगन्ज जडिबुटी निकासीको ‘हब’ मानिन्छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्ममा यो नाकाबाट ३३ करोडभन्दा बढीको जडिबुटी निर्यात भइ […]
निजगढ (बारा), माघ १७ गते । मकवानपुरको लेनडाँडा र धेन्द्रेडाँडाको बिचमा रहेको जितपुरखोलामा धरहराभन्दा अग्ला ८२ मिटरका भीमकाय टावरले ठडिएका अत्याधुनिक ‘बक्स ब्रिज’ हेर्दा विकसित मुलुकमा भएको आधुनिक विकास पूर्वाधारको झल्को दिन्छ । दक्षिण एसियाकै नमुना विकास पूर्वाधार मानिने नेपालको बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) मा दुई पहाड जोड्न बन्दै गरेका ८९ वटा […]
गुल्मी, माघ १७ गते। जिल्ला प्रशासन कार्यालय गुल्मीले एक हप्तामा सात लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। पछिल्लो एक हप्तामा प्रशासन कार्यालयले सात लाख ८१ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। उहाँका अनुसार राहदानीबाट सात लाख ६७ हजार पाँच सय रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट १४ हजार रुपियाँ […]
मध्यविन्दु , माघ १७ गते । नवलपुरको कावासोती नगरपालिकाका सामुदायिक विद्यालयमा संगीत कक्षा सञ्चालनमा ल्याइएको छ । संगीत सीप प्रदान गर्ने र विद्यार्थीलाई मोबाइल स्क्रिनबाट टाढा राख्ने उद्देश्यले कावासोती नगरपालिकाले संगीत कक्षा सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षबाट संगीत कक्षा सञ्चालन गर्नेगरी शिक्षा युवा तथा खेलकुद शाखाले कार्यविधि नै निर्माण गरेर शिक्षक नियुक्तिको प्रकृया […]
काठमाडौँ, माघ १६ गते । काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै दुई करोड ७० लाख मूल्य बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ । कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला ठाउँ व्यवस्थित गर्न उक्त योजना अघि सारिएको हो । अहिले यो ठाउँ युवा र बालबालिकाका लागि खेल […]
म्याग्दी, माघ १६ गते । म्याग्दीको बेनी नगरपालिका –१ रत्नेचौरस्थित पोखरी किनारमा रमाउँदै पर्यटक र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको सौन्दर्य ।