विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिँदै

कञ्चनपुर, कात्तिक ४ गते  ।  कञ्चनपुरका विपिन जोशीको मङ्गलबार अन्त्येष्टि गरिँदै छ । सोमबार साँझ काठमाडौँबाट धनगढी हुँदै महेन्द्रनगरस्थित घरमा ल्याइएको शव आज महाकाली नदीको भुजेला घाटका दाहसंस्कार गरिने भएको हो । स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, स्थानीय, आफन्त, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिँदै छ । सोमबार बिहानैदेखि विपिनको घरमा […]

प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलसँग छलफल गर्नुहुँदै

काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दल आज छलफल गर्दै हुनुहुन्छ । मङ्गलबार ४ बजे बालुवाटारमा आगामी फागनु ११ गते निर्धारित निर्वाचनका सम्बन्धमा प्रधानमन्त्रीले सात राजनीतिक दलसँग सम्वाद गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो । छलफलका लागि तत्कालीन संसदमा मान्यता प्राप्त सात […]

कार्तिक कृष्ण अमावास्यः श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

काठमाडौँ, कात्तिक ४  गते ।  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गरी श्रद्धा भक्तिका साथ लक्ष्मीपूजा पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । लक्ष्मी पूजाका लागि सोमबार साँझ आँगन, मूलढोका […]

घोराहीमा वडाध्यक्षसहित १३ जना पक्राउ

घोराही, कात्तिक ३ गते । दाङको घोराहीमा प्रहरीले वडा अध्यक्षसहित १३ जनालाई पक्राउ गरेको छ । आइतबार राति घोराही उपमहानगरपालिका– १५ काठेकोहलमा रहेको होटल टिथ्रीमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नं १८ का वडाअध्यक्ष भरतमणी अर्यालसहित नौ जनालाई पक्राउ गरेको हो । प्रहरी उनीहरुको साथबाट नगद तीन लाख ४५ हजार नौ […]

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ, कात्तिक ३  गते ।   ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य याम चलिरहेका बेला उनीहरू दसैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि भट्टिमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर […]

तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदामा पनि सुचारु

तनहुँ, कात्तिक ३ गते ।  तनहुँ जलविद्युत आयोजनाको काम तिहार बिदा पनि सञ्चालन भइरहेको छ । आयोजना व्यवस्थापनले निर्धारित समयसीमा भित्र आयोजना पूरा गर्ने लक्ष्यअनुसार पर्वको बिदा मनाउँदै गर्दा पनि काम निरन्तर सञ्चालन भइरहेको जनाएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीले भन्नुभयो, “हामीले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता लिएका छौँ । त्यसैले तिहार बिदा […]

सालझन्डी–ढोरपाटन सडक : तेह्र वर्षमा पनि बन्न सकेन

अर्घाखाँची, कात्तिक ३ गते । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना विगत १३ वर्षदेखि विवादका कारण अलपत्र परेको छ । तराईको पर्यटकीय क्षेत्र लुम्बिनीलाई पहाडको अर्को पर्यटकीय क्षेत्र ढोरपाटन सिकार आरक्षणसँग जोड्नका लागि यो सडक महत्वपूर्ण मानिएपछि १३ वर्षको अवधिमा पूरा हुन सकेको छैन । सडकको करिब तीन किलोमिटर ट्र्याक अझै खुल्न सकेको छैन । २०६५ सालमा निर्माण […]

नर्भिक अस्पतालले नर्सको तलब बढायो

काठमाडौँ, कात्तिक २ गते ।  नर्भिक इन्टरनेसनल अस्पतालले  नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरेको जानकारी दिएको हो । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको पारिश्रमिक वृद्धि गरी न्युनतम तलब ३७ हजार  कायम गरेको छ । नर्भिक अस्पतालका […]

धौलागिरी प्रादेशिक अस्पतालमा औषधी अभाव

बागलुङ, कात्तिक ३ गते ।  गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरी प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दीर्घरोगका बिरामीका लागि चाहिने औषधी नभएको भन्ने पाइएको बताउनुभयो । अत्यावश्यक औषधी खरिदका लागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पाठक बताउनुहुन्छ । अस्पतालको फार्मेसीमा नपाएको औषधी अस्पतालमै कार्यरत कर्मचारीको निजी क्लिनिकमा भेटिने गरेको तथ्य बाहिर आएको […]

मर्यादित रूपमा चाडपर्व मनाउन प्रशासनको पाँच बुँदे निर्देशन

राजविराज, कात्तिक ३ गते ।  जिल्ला प्रशासन कार्यालय सप्तरीले शुभ दीपावली (तिहार), नेपाल संवत र छठ पर्वलाई आपसी सद्भाव, सौहार्द र मर्यादित तवरले मनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ । सो कार्यालयले एक सूचना जारी गर्दै पर्वको अवसरमा सम्भावित जोखिम र अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्न यस्तो निर्देशन सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल