हुम्ला, माघ ६ गत । नेपाली कांग्रेसले निर्वाचन क्षेत्र १ भएको हुम्ला जिल्लाका लागि जयपति रोकाया र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लागि टासी लाङजोम उम्मेदवार छनोट हुनुभएको छ । दुवै पार्टीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाबाट उहाँहरुलाई उम्मेदवार चयन गरेका हो । कांग्रेस जिल्ला कार्य समिति हुम्लाबाट तीन जनाको […]
नवलपुर, माघ ५ गते । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले गौतमलाई टिकट दिएको हो । २०७९ मा भएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता […]
काठमाडौँ, माघ ५ गते । नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ । सनी पुरुष खुला तौलसमूह, अनिशा महिला ५५ केजीमुनि र सपना महिला ५५ केजीमाथि पहिलो हुनुभएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]
मकवानपुर, माघ ५ गते । बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रतिनिध सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका दुई–दुई जना गरी छ जना प्रदेश सभा सदस्यले सोमबार राजीनामा दिनुभएको हो । कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका […]
नगढी, माघ ५ गते । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यालयले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आलोपालो हुनेगरी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मङ्गलबार उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार […]
काठमाडौं, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री भएपछि चार महिनामा ४० भन्दा बढी निर्णय कार्यान्वयन गराएको बताउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार राजीनामा दिएपछि सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लिएको लक्ष्यअनुसार मुलुक निर्वाचनमा होमिएको बताउँदै उहाँले सुशासनमा सरकारले उल्लेख्यरुपमा काम गरेको […]
बागलुङ, माघ ५ गते । क्यान्सर पीडितलाई ‘बाँच्ने अधिकार’को अभियानमा साइकल यात्रा गर्नुभएका सिन्धुपाल्चोकका हर्क लामा र काठमाडाैंकी कविता चित्रकारसहितको टोली बागलुङ आइपुगेको छ । बागलुङ बजारमा आएको साइकल यात्रीलाई आइतबार नगर उपप्रमुख राजु खड्काले स्वागत गर्नुभएको थियो । साइकल यात्रीसँग अन्तरक्रिया गर्दै उप–प्रमुख राजु खड्काले दिर्घरोगीका लागि उपचार कोष बनाएको र त्यसबाट क्यान्सर रोग […]
काठमाडौँ, माघ ५ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागु गर्ने गरी निर्णय गरेको हो । राष्ट्रिय सभा निर्वाचनसमेतका लागि आचारसंहिता लागु गर्नुपर्ने अवस्थाका कारण साबिकभन्दा यो पटक केही छिटो आचारसंहिता लागु भएको हो । निर्वाचन आयोग ऐन, २०७३ […]
काठमाडौँ, माघ ४ गते । भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक गरिएको छ । रिदम रेकरडिङ्सको प्रस्तुति रहेको गजलमा जीवनप्रकाश प्रधान सङ्गीत रहेको छ । गजलकार राधा कर्णेलको तीन, रश्मि असफल र घनेन्द्र ओझाको दुई–दुई वटा गजलहरू समेटिएको गजलमा दार्जिलिङका तीन र नेपालका दुई गायक, गायिकाले स्वर दिनुभएको छ । गजलमा दार्जिलिङका रजनी […]
धरान, माघ ४ गते । धरान उपमहानगरपालिकाको नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) तथा धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले आइतबार साँझ आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका दुवै जनाले निर्वाचन कानुनअनुसार उपप्रमुख […]