गलेश्वर (म्याग्दी), २७ फागुन : विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र […]
काभ्रेपलाञ्चोक, २७ फागुन : पनौती नगरपालिकामा बिहीबार एकै दिन दुईवटा वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको छ । यसअघि तीनवटा वडालाई बालश्रममुक्त घोषणा गरिएको थियो । घोषित २ नं वडा भने जिल्लामै पहिलो बालश्रममुक्त घोषणा गरिएको वडा हो । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित नगरको १२ वडामध्ये २, ५, ६, […]
गोदावरी (कैलाली), २७ फागुन : कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ का लागि कैलाली र कञ्चनपुरमा […]
जनकपुरधाम, २७ फागुन : महिलाको सर्वाङ्गीण विकासबिना सभ्य परिवार, समाज र राष्ट्रको विकास सम्भव नहुने जनाउँदै धर्मगुरू तथा सामाजिक अगुवालगायतले महिला नेतृत्व विकासका लागि सामूहिक ऐक्यबद्धता जरुरी रहेको बताउनुभएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा शनिबार धनुषाको लालगढमा भएको ‘लैङ्गिक समानता र महिला नेतृत्वसम्बन्धी धार्मिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रका अगुवासँग भएको अन्तक्र्रियामा उहाँहरूले महिलाको विकासका […]
मकवानपुर, २६ फागुन : बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने भएको छ । यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेश गर्न कार्यसूची तयार गरिने प्रदेशसभाका […]
इनरुवा (सुनसरी), २६ फागुन : सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक दुवै काका भतिजा हुन् । […]
चितवन, २६ फागुन : भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन् । शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन् । नेपाली औषधि उत्पादक सङ्घ (एपोन)ले आयोजना गरेको उक्त एक्स्पोको उद्घाटन गर्दै […]
काठमाडौँ, २६ फागुन : कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको […]
काठमाडौँ, २६ फागुन : कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका […]
काठमाडौँ, २६ फागुन : नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । […]