alliance khabar

शनिबार, जेठ १२, २०८१

काठमाडौँ, जेठ १२ गते ।

आइसिसी टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा ६ विकेटको जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हरिकेन्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० रनमा समेटिएको थियो ।

हरिकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाउनुभयो । यस्तै अली शेखले २३, स्मित पटेलले १९ र आर्कषित गोमेलले १८ रन जोड्नुभयो ।

बलिङमा नेपालका सोमपाल कामी र करण केसीले दुई दुई विकेट लिनुभयो । कप्तान रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एक एक विकेट झार्नुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ४७ रन बनाउनुभयो ।

यस्तै रोहित पौडेलले २३, सन्दीप जोराले २१, गुलशन झाले २०, कुशल मल्लले १२ र करण केसीले १० रन बनाउनुभयो । नेपालको ओपनिङ भने कमजोर बन्यो । ओपनरद्वय कुशल भुर्तेल एक र आसिफ शेख चार रनमा आउट हुनुभएको थियो ।

बलिङमा हरिकेन्सका उस्मान शिनवारी र इमरान खान जुनियरले दुई दुई विकेट लिनुभयो । जोश ट्रम्प, अली शेख र जिया जाहजादले एक एक विकेट लिनुभएको थियो । नेपाल र हरिकेन्सबिचको दोस्रो अभ्यास खेल शनिबार राति हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल