alliance khabar

शनिबार, जेठ १२, २०८१

काठमाडौँ, जेठ १२ गते ।

३० औँ पटक सगरमाथाको सफल आरोहण गरेर फर्किएका पर्वतारोही कामिरिता शेर्पालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । उहाँ यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेर शुक्रबार राजधानी फर्किनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिलनमा शेर्पा समुदायलगायत शुभेच्छुकहरूले उहाँलाई बौद्ध संस्कृति अनुसार भव्य स्वागत गरेका छन् ।

यस सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर उहाँले ३० औँ पटकको कीर्तिमानी कायम गर्नुभएको हो । उहाँले यही सिजनको वैशाख ३० गते

२९ औँ पटक र जेठ ९ गते ३० औँ पटक सगरमाथाको आरोहण गर्नुभयो । आरोहणबारे प्रतिव्रिmया दिँदै उहाँले भन्नुभयो, “देशको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई प्रोत्साहन होस् भनेर सगरमाथाको आरोहण गर्दै आएको छु । आरोहणमार्फत हाम्रा हिमाललाई विश्वसामु चिनाउन र थप प्रवर्धन पुग्ने विश्वास लिएको छु ।”

स्वास्थ्यले साथ दिए अर्काे वर्ष फेरि सगरमाथा आरोहण गर्ने उहाँले बताउनुभयो । उहाँ यस सिजनमा फोर्टिन पिक एक्स्पिडिसन कम्पनीबाट विदेशी आरोहीको सहयोगीका रूपमा आरोहणमा जानुभएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिताले आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटकभन्दा बढी विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ । उहाँ सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।

कामिरितापछि सगरमाथामा सर्वाधिक आरोहण गर्नेमा सोलुखुम्बुका ४७ वर्षीय पासाङ दावा (पादावा) शेर्पा हुनुहुन्छ । उहाँले हालसम्म २७ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । यस वर्ष वैशाख २८ गते सगरमाथाको आरोहण सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल