alliance khabar

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ, जेठ ११ गते ।

सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् ।

सहकारी पीडित बचतकर्ताहरु सङ्गठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् ।

अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरुको बचत फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । सरकारले दुई पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उहाँको भनाइ छ ।

उहाँले सरकारले सञ्चालकलाई कारबाही गरी वचताकर्ताको बचत फिर्ता हुनुपर्ने माग आफूहरुको माग रहेको बताउनुभयो । उहाँले सरकारले आगामी जेठ १५ गते ल्याउने बजेटमा सहकारी समस्या समाधान गर्ने विषयलाई नसमेटेसम्म आन्दोलन नरोक्ने जानकारी दिनुभयो ।

अध्यक्ष केसीले सहकारी पीडितहरुको आन्दोलन अन्तिम लडाइँको रुपमा अघि बढेको बताउनुभयो । अध्यक्ष केसीले बजेटमा सहकारी पीडितका समस्या समाधान गर्नेगरी नआउने हो भने आगामी निर्वाचनमा घरदैलोमा मुख देखाउन नसक्ने चेतावनी दिनुभयो । उहाँले सहकारी पीडितहरुले सरकारसँग न्यायभन्दा बाहेक अन्य केही नखोजेको बताउनुभयो ।

सहकारी पीडितहरुले सहकारी पीडितलाई न्याय दे, हाम्रो बचत रकम फिर्ता गर्, बजेट भाषणमा हाम्रो माग सम्बोधन गर्, सहकारी सञ्चालकलाई तत्काल कारबाही गर् लगायतका नारा लगाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल