काठमाडौँ, भदौ २४ गते : काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘डाइभर्ट’ गराइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको हो । “काठमाडौँबाट सुर्खेतका लागि आज […]
काठमाडौँ, भदौ २४ गते : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबिच शर्मालाई सो दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । राष्ट्रपति पौडेल […]
बाजुरा, भदौ २३ गते : बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णालीपारि उत्पादन हुने अर्गानिक स्याउ बिक्रीका लागि धमाधम विभिन्न सहरमा लैजान थालिएको छ । बाटो अवरुद्ध भएका कारण केही दिन बारीमै रोकिएको स्वामीकार्तिक खापर गाउँपालिकाको अर्गानिक स्याउ अहिले कर्णाली कोरिडोर सञ्चालनमा आएसँगै बिक्रीका लागि देशका विभिन्न सहर बजारमा लग्न थालिएको हो । स्वामीकार्तिकको जेवाले, सैडेओ खुनका, लोकी र जोरुलगायतका […]
म्याग्दी(बेनी), भदौ २३ गते : राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी पहिरो ‘रक एङ्करिङ’ प्रविधिबाट रोकथाम गरिएको छ । सडकमाथि रहेको पहिरोबाट निरन्तर रूपमा लेदोसहित ढुङ्गा खसेर विगतमा सडक अवरुद्ध हुनुका साथै मानवीय तथा भौतिक क्षतिसमेत भएको थियो । पहिरो रोकथामका लागि विभिन्न प्रयास गर्ने क्रममा आयोजनाले रक एङ्करिङ प्रविधि प्रयोग […]
दोलखा, भदौ २३ गते : दोलखाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङमा गत केही वर्षदेखि वर्षामा आएको पहिरोले धेरैको उठिबास बनाएको छ । हाम्रो कालै बनेर आएको पहिरोले गाउँ नै उठिबास बनाइसकेको पहिरोपीडित ८२ वर्षीय श्यामबहादुर श्रेष्ठले दुःखेसो पोख्नुभयो । वर्षा सुरु भएसँगै उहाँ सधैँ त्रासमा हुनुहुन्छ । बिहानदेखि साँझसम्म उज्यालो हुँदा गाउँको यताउता डुल्नुहुन्छ, टोलाउनुहुन्छ । पहिरो आसपास […]
काठमाडौँ, भदौ २३ गते: पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ । सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु […]
सुर्खेत, भदौ २३ गते : लामो समयदेखि कार्यान्वयन नभएको ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम परिमार्जनमा ढिलाइ भएको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम परिमार्जन गरेर कार्यान्वयन गर्ने जनाएको छ तर परिमार्जनमा भने ढिलाइ भइरहेको छ । चालु आव २०८१/८२ को नीति तथा कार्यक्रममा परिमार्जनसहित कार्यक्रम कार्यान्वयन गर्ने भनिएको छ । जसमा ‘बैङ्क खाता […]
जनकपुरधाम, भदौ २३ गते : मधेश प्रदेशमा पहिलो पटक सरकारीस्तरमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षा आरम्भ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेपछि प्रदेशमै पहिलो पटक सरकारीस्तरमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको आरम्भ हुने भएको हो । मधेश प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतीशकुमार सिंहले कार्यकालको पहिलो दिन नै […]
जाजरकोट, भदौ २३ गते : जाजरकोटमा गए राति पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका छन् भने एक बालिका गम्भीर घाइते भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाउँमा राति २ बजे पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएको जनाइएको छ । जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दल बहादुर सिंहका अनुसार बारेकोट […]
हिले, भदौ २२ गते : धनकुटाको चौबिसे गाउँपालिका–४, भैँसेटारमा एक बस्ती छ । करिब २५ परिवारको बसोबास रहेको सो बस्तीमा अधिकांश माझी समुदायको बसोबास छ । बस्तीमुनि तमोर नदी छ । केही वर्षअघिसम्म भैँसेटारका अधिकांश मानिस तमोर नदीमा माछा मार्न व्यस्त हुन्थे । नदीमा माछा प्रशस्त पाइन्थ्यो । थोरै थोरै भए पनि त्यही माछा बिक्रीबाट धेरै स्थानीयको जीविकोपार्जन हुन्थ्यो । पछिल्लो समय […]