‘वर्षातमा खानेपानी तथा सरसफाइमा ध्यान दिऊँ’

काठमाडौँ :   विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । यो समयमा विभिन्न सङ्क्रामक रोगको जोखिम बढी हुने भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य […]

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, असार २५ गते : नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ । साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । नेपाली काँग्रेस र नेकपा एमालेबिच नेकपा एमाले […]

बजेट कटौतीले निकुञ्ज संरक्षणमा समस्या

चितवन, असार २५ गते  :  चितवन राष्ट्रिय निकुञ्जमा हरेक वर्ष बजेट कटौती हुँदै गएपछि संरक्षणका कार्यमा समेत समस्या आउन थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्ज विश्वमा दुर्लभ रहेको एकसिङे गैँडा, पाटेबाघ, घडियाल गोही, हात्तीसहितका जनावरको बासस्थान हो । यी जनावरको संरक्षणसँगै अन्य संरक्षणका काम गर्न हरेक वर्ष बजेट थप गरिँदै लैजानुपर्ने हुन्छ तर बजेट […]

इतिहासकार ज्ञानमणिको योगदान चर्चा

काठमाडौँ, असार २५ गते : नेपालको इतिहासको खोज, अनुसन्धान, संशोधन र प्रकाशनका क्षेत्रमा महìवपूर्ण योगदान दिनुभएका ज्ञानमणि नेपालको व्यक्तित्व र कृतित्व चर्चा राजधानीमा गरिएको छ । ज्ञानमणि नेपाल आध्यात्मिक अध्ययन, इतिहासको खोजमा मात्र सीमित नरहेर नेपालको राजनीतिक परिवर्तन र व्यवस्थासँग धेरै जिज्ञासु हुनुहुन्थ्यो । विविध सन्दर्भमा प्रकाशित नेपालका ग्रन्थले सङ्ख्यात्मक, गुणात्मक र ऐतिहासिक योगदानको पुष्टि गरेका […]

संविधान कार्यान्वयनमा समस्या

सङ्घीय लोकतान्त्रिक शासनव्यवस्था बलियो बनाउँदै संविधानले निर्देश गरेका कार्यभार दिगो शान्ति, सुशासन विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने काम दलहरूको हो । लोकतन्त्र भनेको कानुनी कुरा मात्रै होइन; विचार, सिद्धान्त, व्यवहार, चरित्र र संस्कृति पनि हो । राजनीतिक व्यवस्था परिवर्तनपछि नागरिकले आफ्नो जीवन व्यवहारमा पनि परिवर्तन आएको अनुभूत गर्न सक्नु पथ्र्यो तर संविधान व्यवहारमा कार्यान्वयन हुन नसक्दा […]

आजको राशिफल २०८१ असार २५ – 09, July, 2024, मंगलबार

मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ […]

विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि

काठमाडौँ, असार २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विज्ञहरूसँगको छलफलका क्रममा उहाँले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताउनुभएको हो […]

मुस्ताङका सबै नाका बन्द,पाँच जनाको मृत्यु

म्याग्दी, असार २४ गते । लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङका सबै नाका बन्द भएका छन् । मुस्ताङका लागि पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडकमार्फत जोडिने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ । बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोरमा रघुगङ्गा गाउँपालिका–२, बैसरीमा सडकमाथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको छ । बिहीबारदेखि […]

बागमतीका पाँच मन्त्रीले राजीनामा दिँदै

हेटौँडा, असार २४ गते । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका तर्फबाट मन्त्री भएकाहरूले आज सोमबार राजीनामा दिने भएका छन् । सङ्घमा भएको सत्ता समीकरण परिवर्तन भएर नेपाली काँग्रेस र एमालेको नयाँ गठबन्धन बनेसँगै यस प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् । नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको १३ सदस्यीय मन्त्रीमण्डलमा एमालेका तर्फबाट पाँच जना […]

महिना दिन नबित्दै तरकारीको मूल्य दोब्बरले वृद्धि

काठमाडौँ, असार २४ गते । “कमाइ बढ्दैन महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै गाह्रो भयो । थोरै कमाइ हुनेले  तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिरहँदा कालीमाटी तरकारी बजारभित्र भेटिनुभएकी विमला सुुवेदीको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल