Alliancekhabar

आइतबार, भाद्र २३, २०८१

जनकपुरधाम, भदौ २३ गते : मधेश प्रदेशमा पहिलो पटक सरकारीस्तरमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षा आरम्भ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेपछि प्रदेशमै पहिलो पटक सरकारीस्तरमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको आरम्भ हुने भएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतीशकुमार सिंहले कार्यकालको पहिलो दिन नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको अध्ययन/अध्यापन आरम्भ गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यस अनुरूप उहाँले सरकारको नीति तथा कार्यक्रममा समेत प्रतिष्ठानमा एमबिबिएस सञ्चालन हुने कार्यक्रम राख्नुभएको थियो ।

सोही क्रममा मुख्यमन्त्री सिंहले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटेर आवश्यक पूर्वाधारलगायतका अन्य मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस अध्ययन/अध्यापनका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रहसमेत गर्नुभएको थियो ।

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न पाउने छन् । जसमा प्रदेशका बहुसङ्ख्यक विद्यार्थीले अवसर पाउने विश्वास गरिएको छ । सरकारी तहमा एमबिबिएसको अध्ययन/अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधामलगायत मधेश प्रदेशको स्वास्थ्य सेवामा समेत गुणात्मक सुधार हुने अपेक्षा गरिएको छ ।

चिकित्साशास्त्रमा एमबिबिएस तहको जनशक्ति उत्पादन हुने थलोका रूपमा विकसित हुँदा जनकपुरधामलगायत वरपरका क्षेत्रमा आर्थिक गतिविधिमा समेत तीव्रता आउने अपेक्षा पलाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल