Alliancekhabar

आइतबार, भाद्र २३, २०८१

बाजुरा, भदौ २३ गते : बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णालीपारि उत्पादन हुने अर्गानिक स्याउ बिक्रीका लागि धमाधम विभिन्न सहरमा लैजान थालिएको छ । बाटो अवरुद्ध भएका कारण केही दिन बारीमै रोकिएको स्वामीकार्तिक खापर गाउँपालिकाको अर्गानिक स्याउ अहिले कर्णाली कोरिडोर सञ्चालनमा आएसँगै बिक्रीका लागि देशका विभिन्न सहर बजारमा लग्न थालिएको हो । स्वामीकार्तिकको जेवाले, सैडेओ खुनका, लोकी र जोरुलगायतका विभिन्न ठाउँमा किसानले उत्पादन गरिएको स्याउ लैजान ठेकेदार बारीमै पुग्न थालेका छन् । यहाँका स्याउ कर्णाली कोरिडोर हुँदै कैलाली, बाँकेको नेपालगन्ज, काठमाडौँलगायतका विभिन्न बजारमा बिक्रीका लागि लगिएको स्याउ किसानले बताए ।

कोल्टी–मार्तडी सडक सञ्चालन होला भनेर बारीमै राखिएको अर्गानिक स्याउ समयमै सो सडक नचलेपछि ठेकेदारले कर्णाली कोरिडोर हुँदै विभिन्न सहरमा लैजाने गरेको वडा नम्बर १ जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो । गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौँमा बिक्रीका लागि लगिएको थियो । यो वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध बन्दै गएकोले त्यो स्याउ कर्णाली कोरिडोरबाट कैलाली, बाँकेको नेपालगन्ज र काठमाडौँ लगिएको छ । यो वर्षमा स्वामीकार्तिक खापर गाउँपालिकामा झन्डै एक करोड रुपियाँभन्दा बढीको स्याउ उत्पादन भएको स्वामीकार्तिक खापर गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । यहाँ स्थानीय, डेलिसिएस, रोयल, रेडडेलिसियस, गोल्डेन, गाला, फुजीलगायतको स्याउ उत्पादन हुने गरेको कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुराको सबैभदा बढी स्याउ उत्पादन हुने भएको यही पालिका नै हो । पछिल्लो समयमा यहाँका जेवाले, सैडेओ खुनका, लोकी र जोरुलगायतका विभिन्न ठाउँमा स्याउ राम्रो उत्पादन हुन्छ ।” केही दिन पहिला दुई ट्रक स्याउ कैलालीको लम्की बजारमा पुगेको थियो । अझै तीस ट्रक स्याउ अन्यत्र लगेर बिक्री गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । बाजुराको हिमाली, जगनाथ, बुढीनन्दा, गौमूल र खप्तड छेडेदहलगायतका स्थानीय तहमा पछिल्लो समयमा स्याउ उत्पादन हुन्छ । सबैभन्दा बढी स्वामीकार्तिक खापर गाउँपालिकामा स्याउ उत्पादन हुन्छ ।

यहाँ स्याउ उत्पादनका लागि राम्रो उपयुक्त बाटो भएकाले यहाँका अधिकांश किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा उत्पादन गरिएको स्याउ ट्याक्टरमार्फत पिलुचौरसम्म ढुवानी भएको छ । त्यहाँदेखि ट्रकमार्फत सुर्खेत, नेपालगन्ज, धनगढीलगायतका सहरमा स्याउ निर्यात भइरहेको छ ।” हालसम्म स्वामीकार्तिक खापर गाउँपालिकाबाट झन्डै १४ ट्रक स्याउ निर्यात गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल