विपत् व्यवस्थापन कार्यमा समस्या

बैतडी, असार २८ गते : बर्खा लागेसँगै बाढीपहिरो, डुबान र सडक अवरुद्ध जस्ता विपत्को जोखिम बढ्दै गएको छ । जिल्लामा विपत् व्यवस्थापन समिति भए पनि कोष स्थानीय पालिकामा हुँदा प्रतिकार्य योजना बनाउन कठिनाइ भएको छ । पालिकामा भएको कोषबाट आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन हुन सकेको छैन । विपत्का घटना दिनप्रतिदिन बढ्दै गए पनि व्यवस्थापन […]

जनस्वास्थ्यप्रति सचेतना

मानव जीवनको सबैभन्दा ठुलो सम्पत्ति भनेकै स्वास्थ्य हो । अस्वस्थ भइसकेपछि उपचार गरेर स्वस्थ हुने प्रयत्न गर्नुभन्दा रोग लाग्न नदिनु नै सम्पत्तिको सबैभन्दा ठुलो सुरक्षा मानिएको छ । स्वास्थ्य समस्या जुनसुकै बेला पनि हुन सक्छ तर बर्सातको समयमा संक्रमक रोगहरू ज्यादा फैलिने सम्भावना भएकाले स्वास्थ्य सचेतनाप्रति चनाखो रहनुपर्ने हुन्छ । बर्खामा आउन सक्ने बाढीपहिरोबाट निम्तिने विपत्ति […]

कास्कीमा बाढीपहिरो परेर ११ को मृत्यु, चार जना घाइते

पोखरा, असार २८ गते : लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाका अनुसार पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते […]

सूर्योदयमा अठासी प्रतिशत खर्च

पशुपतिनगर (इलाम), असार २८ गते : इलामको सूर्योदय नगरपालिकाको बर्खे अधिवेशन सम्पन्न भएको छ ।  गत वैशाख ७ बाट सुरु भएको १५ औँ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको छैटौँ बैठकले स्थानीय वनको प्रवर्धन, संरक्षण, व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१, नगर सडक यातायात गुरुयोजना पुनरवलोकनसम्बन्धी प्रस्ताव, दिगो विकास लक्ष्यको स्थानीयकरण मार्गचित्र (२०२४–३०) र […]

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

भैरहवा (रुपन्देही), असार २८  गते : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो  । काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले  विमानस्थलको पूर्वबाट […]

आजको राशिफल २०८१ असार २८ – 12, July, 2024, शुक्रबार

मेष–विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ । वृष– पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी […]

तीन तहका सरकारको समन्वय आवश्यक

बिरुवा गाउँपालिका सदरमुकाम स्याङ्जा बजारबाट दक्षिणपूर्वमा पर्दछ । साबिकका बिरुवाअर्चले, मनकामना, ओरस्टे गाविसका सबै वडा तथा पेल्काचौर, राङभाङ, चिन्नेबास तथा किचनास गाविसका केही वडा गाभेर यो गाउँपालिका बनाइएको हो । सिद्धार्थ राजमार्गको पुतलीबजार–राङखोलाबाट करिब १७ किलोमिटरको दुरी पार गरेपछि यहाँ सहजै पुग्न सकिन्छ । पालिकाको पूर्वमा हरिनास गाउँपालिका र तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका, पश्चिममा भिरकोट नगरपालिका र वालिङ […]

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर, असार २७ गते : गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन्  । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित  भएका  छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, […]

भरतपुर अस्पतालमा एमआरआई सेवा

चितवन, असार २७  गते :  भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार  सङ्घीय सरकारले उपलब्ध गराएको रु २५ करोड र अस्पताल विकास […]

१९ हजार योगदानकर्ताले लिए तीन अर्ब ५५ करोड सापटी

काठमाडौँ, असार २७ गते : योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट १८ हजार ८५६ योगदानकर्ताले तीन अर्ब ५५ करोड ५९ लाख रुपियाँ सापटी लिएका छन् । करिब दुुई वर्षको अवधिमा कोषमा योगदान गरेका योगदानकर्ताले त्यो बराबरको रकम कर्जा तथा सापटी योजना अन्तर्गत विभिन्न शीर्षकमा लिएका हुुन् । कोषले २०७९ साल भदौ २ गतेदेखि विभिन्न चार प्रकारको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल