चितवन, ११ भदौ ः भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त हुनुभएको छ । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उहाँहरुमध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा […]
नारायणगढ (चितवन), १० भदौ: चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । धानखेतीका लागि यस समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले वताउनुभयो […]
दमौली (तनहुँ), १० भदौ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो । करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले […]
गोरखा, १० भदौ : गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । गाउँपालिकाले पालिकाभित्रका […]
म्याग्दी, १० भदौ अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बन्नुभएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को […]
काठमाडौँ, १० भदौ मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया […]
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ’हाई भन्यो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप […]
काठमाडौँ, ९ भदौ : बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्याफ्टिङ गरिएको छ । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा)ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोललगायत संस्थाको सहकार्यमा बागमतीमा र्याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो । महोत्सवको संस्कृति, […]
काठमाडौँ, ९ भदौ : नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र […]
जाजरकोट, ९ भदौ : उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका लागि व्यापारी बोटमै पुगेका छन् । गाउँगाउँमा रहेका खेतबारीमा लटरम्म स्याउ फलेका स्याउले ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँबस्ती रङ्गिएका हुन् । त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन् । त्यस्तै […]