काठमाडौँ, असोज २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ । उहाँले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विजया दशमीका […]
काठमाडौँ, असोज २६ गते । वि.सं. २०८१ को बडादसैँको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६ गते शनिबार विजया दशमीको दिन देवी बिसर्जन बिहान ८ः३३ बजे शुभ साइत रहेको छ । टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अचानक कमाई हुनेछ । पैसा कमाउने योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नसोचेको ठाँउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको […]
वालिङ, असोज २५ गते : विद्युतीय गाडीको चाप बढेसँगै सिद्धार्थ राजमार्गमा चार्जिङ स्टेसन खुल्न थालेका छन् । बुटवल पोखरा जोड्ने छोटो राजमार्गमा पछिल्लो समय विद्युतीय गाडी बाक्लै सञ्चालन हुने गरेको छ । विद्युतीय गाडीलाई सहज यात्राको लागि भन्दै स्याङ्जाको गल्याङमा चार्चिङ स्टेसन सञ्चालनमा ल्याइएको सञ्चालक श्यामप्रसाद बस्यालले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–३, बल्पुकमा बुधबारदेखि स्टेसन सञ्चालनमा आएको […]
नेपालगन्ज, असोज २५ गते : दसैँ र तिहार मनाउन यहाँस्थित जमुनाहा नाका भएर स्वदेश फर्किने क्रम निरन्तर जारी छ । रोजगारी र अध्ययनका लागि भारत गएका नेपाली चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाले दिएको जानकारी अनुसार असोज १ गतेदेखि हालसम्म चाडपर्व मनाउन जमुनाहा नाका भएर दुई लाख ५० हजारभन्दा बढी नेपाली […]
काठमाडौँ, असोज २५ गते : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा […]
काठमाडौँ,असोज २५ गते : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र […]
काठमाडौँ, असोज २५ गते : तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई […]
काठमाडौँ, असोज २५ गते । अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालको ठुलो चाड दसैँ भन्दैन । खेलाडीहरूले देशका लागि दसैँलाई पनि माया मार्दै प्रतियोगिता खेल्न विदेश जानुपर्ने हुन्छ । यसपालि कराँतेकी स्टार खेलाडी एरिका गुरुङसहित उहाँको टिम विश्व कराँते च्याम्पियनसिप खेल्न इटालीमा रहेको छ । नेपालको यु–२० पुरुष भलिबल टिम श्रीलङ्कामा काभा यु–२० भलिबल च्याम्यिनसिपमा व्यस्त छ । […]
काठमाडौँ, असोज २५ गते । दसैँ नजिकिँदै गर्दा उपत्यकामा खसीबोका, भेडा, च्याङ्ग्रा, राँगा बिक्री केन्द्रमा उपभोक्ताको भिड बढेको छ । उपत्यकामा दसैँलाई लक्षित गरेर आमउपभोक्ताका लागि खसीबोका, भेडा, च्याङ्ग्रा, राँगालगायतको खरिदबिक्री गर्न तोकिएका विभिन्न १० स्थानमा खसीबोका खरिद गर्न उपभोक्ताको भिड बढेको हो । पशुुसेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राखेर पशुुको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएको छ । विभागका क्वारेन्टिन […]