तानसेन, असोज २८ गते । जिल्लाको विभिन्न स्थानबाट मासुका लागि जिल्लाबाहिर जिउँदो खसीबोकाको निर्यात बढेको छ । पाल्पाको पूर्वखोला, रम्भा, निस्दी, माथागढी, तानसेन, तिनाउ रैनादेवीछहरा र रिव्दीकोट, रामपुरबाट दसैँअघि मासुका लागि खसीबोका निर्यात हुनेगरेका छन् । जिल्लाभरिबाट गतवर्ष १९ करोड बढी मूल्य पर्ने खसीबोका निर्यात भएको थियो । यो वर्ष चाडपर्वमा मात्र नौँ करोड बढीको खसीबोका […]
जुम्ला, असोज २८ गते : जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा-खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपन्क्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी-बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिनुभयो । शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक […]
मन्थली (रामेछाप), असोज २८ गते : दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना घटाउन जिल्लाको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाउँपालिका- ६ माकादुमले यो अभ्यास सुरु गरेका हुन् । असोज ११ र १२ गतेको अविरल वर्षापछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको […]
गण्डकी, असोज २८ गते : चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको […]
बनेपा, असोज २८ गते : पछिल्लो समय कृषि उत्पादन बढाउने उद्देश्यले कृषिमा ‘मल्चिङ’ प्रविधि प्रयोग गर्ने कृषकहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कृषकहरु मल्चिङ प्रविधितर्फ आकर्षित भए पनि मल्चिङमा प्रयोग गर्ने प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनमा भने चुनौती देखिएको छ । कृषि विकास कार्यालय काभ्रेपलाञ्चोक, स्थानीय तहले कृषकहरुलाई मल्चिङ प्रविधितर्फ आकर्षित गर्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरे पनि […]
काठमाडौँ, असोज २८ गते: मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ। शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। बिहान र बेलुका […]
बैतडी, असोज २८ गते : संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफुले पाएको पदको सम्मान हुनेगरी काम गर्ने बताउनुभएको छ। बैतडीबाट निर्वाचित सांसद समेत रहनुभएका भण्डारीले आइतबार बैतडीको मेलौलीस्थित नेकपा (एमाले) ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पदसँग नेता कार्यकर्ता र मतदाताको रगत, पसिना जोडिएकाले सबैको अभिभारा पूरा […]
तनहुँ, असोज २७ गते : बडादसैँलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा रु तीन लाख बढीको सामान नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट गरिएको जानकारी दिनुभयो । तनहुँ, लमजुङ, नवलपरासी, गोरखा र […]
बनेपा, असोज २७ गते : सुख्खा पहिरोका कारण अवरुद्व भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ । शनिवार राति आएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग आईतवार बिहान १० बजेबाट एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । सुख्खा पहिरोका कारण शनिवार राति ९ बजेदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ स्थित ५० […]
बाजुरा, असोज २७ गते : बाजुरामा महिनावारी भएका महिलालाई गोरस (दुध, दही र मही) नदिने चलन कायमै रहेको छ ।यहाँका धामी झाँक्रीहरूले महिनावारी भएका बेला महिलालाई गोरस (दुध, दही मही) दियो भने गाई भैँसी नब्याउने तथा घरमा अनिष्ट हुने विश्वास दिलाउँदै गएपछि बाजुरा महिनावारी भएका महिलालाई गोरस नदिने चलन पनि कायमै रहेको छ । धामी झाँक्रीकै […]