Alliancekhabar

सोमबार, आश्विन २८, २०८१

तानसेन, असोज २८ गते । जिल्लाको विभिन्न स्थानबाट मासुका लागि जिल्लाबाहिर जिउँदो खसीबोकाको निर्यात बढेको छ । पाल्पाको पूर्वखोला, रम्भा, निस्दी, माथागढी, तानसेन, तिनाउ रैनादेवीछहरा र रिव्दीकोट, रामपुरबाट दसैँअघि मासुका लागि खसीबोका निर्यात हुनेगरेका छन् ।

जिल्लाभरिबाट गतवर्ष १९ करोड बढी मूल्य पर्ने खसीबोका निर्यात भएको थियो । यो वर्ष चाडपर्वमा मात्र नौँ करोड बढीको खसीबोका निकासी भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ ।

चाडपर्वको समयमा सबैभन्दा धेरै खसीबोका निर्यात हुनेगरेको केन्द्रले जनाएको छ । गएको वर्ष पाल्पाका विभिन्न स्थानबाट १९ करोड बढी मूल्य पर्ने खसीबोका पोखरा, बुटवल, नारायणघाट, स्याङ्जा, तनहुँलगायतका स्थानमा निर्यात भएको थियो । यो वर्ष कृषि सहकारी संस्थाबाट मात्र छ करोड बढीको जिउँदो खसीबोका निर्यात भएको छ ।

अन्य व्यक्तिगत फर्म तथा समूहबाट तीन करोड बढीको खसीबोका निर्यात भएको बताइएको छ । पछिल्लो केहीँ दिनयता दसैँ र तिहार पर्वका लागि भनेर जिउँदो खसीबोका निर्यात हुने गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा खसीबोका पाल्ने किसानको सङ्ख्या बढेपछि खसीबोकाको मासु उत्पादन हरेक वर्ष बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका लागि आवश्यकभन्दा बढी मासु पाल्पामा उत्पादन भएको छ । जिल्लाभित्र खसीबोकाको मासु खपत कम हुने भएकाले बाहिरी जिल्लामा निर्यात बढेको उहाँले बताउनुभयो ।

ग्रामीण भेगमा स्थापित भएका स्थानीय सहकारी संस्था, विभिन्न महिला समूह, ठूला पशु फर्मसँगको सम्पर्कमा जिउँदो खसीबोका लिनका लागि बाहिरी जिल्लाबाट व्यापारीहरू आउने गरेका छन् ।

यहाँका किसानले जिउँदो खसीबोकालाई प्रतिकिलो ५०० रुपियाँदेखि ७०० रुपियाँसम्ममा बिक्री गरेका पूर्वखोला जल्पास्थित शुभसन्देश महिला कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रीसरा रखालले बताउनुभयो ।

पाल्पामा हरेक वर्ष खसीबोकाको निर्यात गर्ने सहकारीको सङ्ख्या बढेको छ । पछिल्लो समय झण्डै २० वटा सहकारी संस्थाले खसीबोकाको बिक्री गर्दैआएका छन् । पछिल्लो तीन वर्षयता स्थानीय तह र प्रदेश सरकारले खसीबोका उत्पादनका लागि लगानी गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल