Alliancekhabar

सोमबार, आश्विन २८, २०८१

बनेपा, असोज २८ गते : पछिल्लो समय कृषि उत्पादन बढाउने उद्देश्यले कृषिमा  ‘मल्चिङ’ प्रविधि प्रयोग गर्ने कृषकहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ । कृषकहरु मल्चिङ प्रविधितर्फ आकर्षित भए पनि मल्चिङमा प्रयोग गर्ने प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनमा भने चुनौती देखिएको छ ।

कृषि विकास कार्यालय काभ्रेपलाञ्चोक, स्थानीय तहले कृषकहरुलाई मल्चिङ प्रविधितर्फ आकर्षित गर्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरे पनि मल्चिङमा प्रयोग गरिएको प्लाष्टिकको दीर्घकालिन व्यवस्थापनको विषयमा भने सचेतना र कार्यक्रम भने सञ्चालन गरेको पाइन्न । कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले मल्चिङ प्रविधिमा माटोको चिस्यान कायम राख्न, झारपात नियन्त्रण, थर्मोरेगुलेटरको काम गरेर उत्पादन धेरै हुने, जनशक्तिको कम प्रयोग र तुलनात्मक रुपमा बाली छिटो पाक्ने फाइदा रहेको बताउनुभयो ।

उहाँले मल्चिङ प्रविधिको प्रयोगको थुप्रै फाइदाहरु भए पनि यसमा प्रयोग गरिएको प्लाष्टिकको व्यवस्थापन भने चुनौतीको रुपमा रहेको बताउनुभयो । “सहजै नगल्ने, प्लाष्टिक जलाउँदा वातावरण र वायु प्रदुषण हुन्छ भने त्यतिकै फालेको खण्डमा हावा, माटो, वातावरण समेत प्रदुषित बनाउने भएकाले यसको दीर्घकालिन व्यवस्थापनमा चुनौती देखिन्छ” कार्यालय प्रमुख दवाडीले भन्नुभयो ।

उहाँले सरकारले मल्चिङ प्रविधिमा कम्तिमा ४० माइक्रोनको प्लाष्टिकको प्रयोग गर्नुपर्ने मापदण्ण्ड तोके पनि अधिकाँश कृषकहरुले भने लागत रकम कम गर्नका लागि २५ देखि ३० माइक्रोनको प्लाष्टिक प्रयोग गर्ने गरेकोले उक्त प्लाष्टिक एक वर्षमा नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । “कृषकहरुले सरकारले तोकेको मापदण्डको प्लाष्टिक प्रयोग नगर्दा वर्षेनी नयाँ प्लाष्टिक प्रयोग गर्नुपर्ने भएकोले उक्त प्लाष्टिकको व्यवस्थापनमा समस्या हुने गर्दछ” दवाडीले थप्नुभयो ।

उहाँले सरकारले तोकेको ४० माइक्रोनको प्लाष्टिक प्रयोग गरेको खण्डमा तीन वर्षसम्म प्रयोग गर्न सकिने बताउनुभयो । बजारमा ४० माइक्रोनको प्लाष्टिक रोल (एकसय मिटर) को करिब पाँच हजार पाँचसय र २५ देखि ३० माइक्रोनको प्लाष्टिक एक रोलको तीन हजार पाँचसयदेखि चार हजार रुपियाँसम्म पर्ने गर्दछ । कार्यालय प्रमुख दवाडीले मल्चिङमा कृषकहरुको आकर्षण बढेसँगै अब प्राकृतिक रुपमा सहजै गल्ने जैविक मल्चको आवश्यकता रहेको औँल्याउँदै नेपालमा अहिलेसम्म यस्तो प्रविधि नभित्रिएको बताउनुभयो ।

कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेकानन्द महतले कार्यालयले हरेक वर्ष उच्च प्रविधियुक्त संरक्षित संरचना (बाँस र फलामको टनेल)  तरकारी खेती, तरकारी प्रवद्र्धन कार्यक्रममा प्याकेजमा मल्चिङ प्रविधि समेत समेटिएको बताउनुभयो । उहाँले कार्यालयमार्फत मल्चिङमा आकर्षित हुने किसानहरुलाई सरकारी मापदण्ड अनुसारको ४० माइक्रोनको प्लाष्टिक नै प्रयोग गर्न लगाएको बताउनुभयो ।

उहाँले मल्चिङमा प्रयोग भएर काम नलाग्ने अवस्थामा रहेको प्लाष्टिकको व्यवस्थापनको लागि सम्बन्धित निकायले अनुदानसँगै व्यवस्थापनतर्फ पनि सचेतना दिन जरुरी रहेको बताउनुभयो । हाल कृषकहरुले मल्चिङ प्रविधिमा प्रयोग गरेको प्लाष्टिक काम नलाग्ने भएपछि त्यतिकै फाल्ने वा जलाउने गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल